‘लुट्न सके लुट…’ पुनः युट्यूबमा अपलोड होला ? « Khabarhub

‘लुट्न सके लुट…’ पुनः युट्यूबमा अपलोड होला ?


५ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सार्वजनिक भएको छोटो समयमै चर्चा र विवादमा आएको ‘लुट्न सके लुट…’ बोलको गीत पुनः युट्यूबमा अपलोड गर्न राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले अनुरोध गरेको छ ।

आइतबार बसेको वैठकपछि प्रतिष्ठानले गायक पशुपति शर्मालाई उक्त गीत जस्ताको त्यस्तै युट्यूबमा राख्न अनुरोध गरेको हो ।

सार्वजनिक भएको केही समयमै विवादित बनेपछि शर्माले युट्यूबबाट गीत हटाएका थिए । सामाजिक सञ्जाल फेसबूकमा लामो सन्देश लेख्दै गायक शर्माले आफ्ना शुभेच्छुकको सल्लाह बमोजिम केही शब्द परिमार्जन गर्न भनेर गीत युट्यूबबाट हटाएका थिए ।

शर्माले गीत हटाएपछि सामाजिक सञ्जालमा सरकारको चर्को विरोध भएको छ । शर्माले गीतमार्फत सरकारको आलोचना गरेकाले सरकारी पक्षले गीत हटाउन लगाएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।

यसै सन्दर्भमा आइतबार लोक दोहोरी प्रतिष्ठानको बैठक बसेको थियो । बैठकमा गायक शर्मा समेतलाई बोलाइएको थियो । वैठकमा शर्माले युट्यूबबाट गीत हटाउनुको कारण उल्लेख गरेका जनाइएको छ ।

आइतबारको वैठकपछि प्रतिष्ठानले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएअनुसार शर्माले गीतका केही शब्द आफैंलाई ‘फेर्न योग्य’ लागेर युट्यूबबाट हटाएको बताएका छन् ।

प्रतिष्ठानले भने गायक शर्मालाई उक्त गीत पुनः जस्ताको त्यस्तै युट्यूबमा अपलोड गर्न आग्रह गरेको छ ।

गायक शर्माले भने गीत अपलोड गर्नेबारे कुनै प्रतिक्रिया दिएका छैनन् । यद्यपि लोक दोहोरी प्रतिष्ठानका पदाधिकारीहरुले भने छिट्टै उक्त गीत युट्यूबमा अपलोड हुनसक्ने बताएका छन् ।

यस्ताे छ प्रतिष्ठानको विज्ञप्ती,

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  ७ : ०५ बजे

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा – मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक

मन्त्री गुप्ताले भने : अफवाह र अनर्गल आरोपबाट देशको भलो हुँदैन

काठमाडौं – युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आफ्नो अमेरिका

कांग्रेस विशेष महाधिवेशनमा जुलुसका लागि छ वटा रुट, यस्तो छ तालिका

काठमाडौँ- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन पुस २७ र २८

एनआरएनएले भन्यो : मन्त्री गुप्तालाई औपचारिक रूपमा नै आमन्त्रण गरिएको हो

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)ले युवा तथा खेलकुद मन्त्री