चिसोमा हिटर बाल्दा के के कुरामा ध्यान दिने ? « Khabarhub

चिसोमा हिटर बाल्दा के के कुरामा ध्यान दिने ?


२० माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.3k
Shares
  • change font
  • change font
  • change font

अहिले माघको मध्य चिसो छ । यो चिसोमा गाउँघरतिर आगो बालिन्छ तर सहरका कोठाहरूमा धेरैले हिटर बालेर बस्ने गरेको पाइन्छ । हिटर बाल्दा केही कुरामा ध्यान नदिँदा निसासिएर धेरैको मृत्यु हुने गरेको समाचारहरू हामीले सुन्दै आएका छौँ ।

कोठा थुनेर हिटर ताप्दा ज्यान पनि जोखिममा पर्न सक्ने चिकित्सकहरू बताउँछन् ।  चिकित्सकका अनुसार आगो वा हिटर बालेको बन्द कोठामा शुद्ध हावाको प्रसार हुन पाउँदैन ।

कोठाभित्र अक्सिजन कम हुँदै जान्छ। अक्सिजन कम हुने बित्तिकै कार्बनको एक परमाणुले अक्सिजनको दुई भाग परमाणु लिएर रासायनिक प्रतिक्रिया सुरु गर्छ र कार्बन मोनोअक्साइड ग्यास बनाउँछ।

यसले हेमोग्लोबिनमा अक्सिजनको मात्रा कम गर्दै लैजान्छ। यो क्रम बढ्दै जाँदा अर्थात् लामो समय कोठाभित्र आगो र हिटरमा बस्दा शरीरका कोषहरू मर्दै जान्छ । जसका कारण मानिसको मृत्यु समेत हुन सक्छ ।

हिटर बाल्दा यी कुरामा ध्यान दिनु होस्

– कहिले पनि बन्द कोठामा  हिटर नबाल्ने ।

– हिटरलाई बेलाबेलामा बन्द गर्ने ।

– राति सुत्ने बेला पूर्ण रूपमा हिटर बन्द गरेर मात्र सुत्ने ।

– बालबालिकाको पहुँच पुग्ने ठाउँमा हिटर नराख्ने ।

– हिटर बाल्दा  छाला सुख्खा हुने, आँखामा समस्या आउने रातो दाग बस्ने, चिलाउने र नाकको रक्त नली फुट्नेजस्ता समस्या देखा पर्न सक्छ, त्यसैले पानी, चिया, कफीजस्ता पेय पदार्थ पिउँदै हिटर ताप्न सकिन्छ ।

– हिटरको नजिक छिटो जल्ने खालका कुनै पनि सामाग्री राख्नुहुँदैन ।

– दीर्घ रोगी, एलर्जीका रोगी, दम, श्वासप्रश्वास, छातीका समस्या भएका बिरामीले हिटर ताप्दा खोकी लाग्ने, श्वास फुल्ने अर्थात् स्वाँस्वाँ हुने समस्या बढ्न सक्छ ।

– बन्द कोठामा हिटर अन गरेर हिँड्नु हुँदैन । यसबाट बाहिरिने कार्वनमाेनोक्साइड ग्यास हाम्रो लागि लागि निकै हानिकारक हुन्छ ।

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  ७ : ०१ बजे

गजुरेलको डेब्यू नाटक ‘महाभारत’ आजबाट

काठमाडौं – हाँस्य कलाकार मनोज गजुरेलको डेब्यू नायक ‘महाभारत’ बिहीबारदेखि

एसियन गेम क्वालिफायर खेल्न जाने नेपाली टोलीको बिदाइ

काठमाडौं– एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिता खेल्न सिंगापुर जाने नेपाली

चीन नेपालको सबैभन्दा ठूलो लगानीकर्ता, अन्य देशहरूको भन्दा दोब्बरले धेरै

काठमाडौं- नेपालमा लगानी गर्ने छिमेकीसहितका मुलुकहरूमा चीन अग्रस्थानमा देखिएको छ।

पोखराका अनधिकृत संरचना हटाइँदै

गण्डकी– पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी विभिन्न

स्वास्थ्य मन्त्रालयको प्रगति विवरण : प्रविधिमैत्री सेवादेखि आयुर्वेद र योग अभियानसम्म

काठमाडौं- सरकारले सरकारी अस्पतालहरूमा औषधिको मौज्दात र मूल्य देखिने डिजिटल