एएफसी एसियन कप : दक्षिण कोरिया सेमिफाइनलमा प्रवेश « Khabarhub

एएफसी एसियन कप : दक्षिण कोरिया सेमिफाइनलमा प्रवेश


२० माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font


काठमाडौँ– एएफसी एसियन कप फुटबलमा दक्षिण कोरिया सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति कतारको अल वाक्रस्थित कल जानौव रङ्गशालामा भएको खेलमा अष्ट्रेलियालाई २–१ गोलले पराजित गर्दै दक्षिण कोरियाले सेमिफाइनलमा स्थान बनाएको हो ।

खेलमा अष्ट्रेलियाले सुरुवाती अग्रता बनाएको थियो । खेलको ४१औँ मिनेटमा क्रियाग अलेक्जान्डर गुडविनले गोल गर्दै अष्ट्रेलियालाई अग्रता दिलाएका थिए । तर दक्षिण कोरियाका हि चाङ ह्वाङले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

९० मिनेटको निर्धारित समयमा दुवै टोलीबाट १–१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

अतिरिक्त समयको १०४औँ मिनेटमा दक्षिण कोरियाका सन ह्युङ मिनले गोल गर्दै टोलीलाई २–१ गोलको जित दिलाए ।

दक्षिण कोरियाले अब सेमिफाइनलमा जोर्डन विरुद्ध खेल्ने छ । जोर्डनले शुक्रबार नै ताजिकिस्तान विरुद्ध जित हासिल गर्दै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको थियो ।

 

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  ७ : ३५ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा