आईसीसी टि–२० र एकदिवसीय क्रिकेट वरियतामा नेपाल यथावत « Khabarhub

आईसीसी टि–२० र एकदिवसीय क्रिकेट वरियतामा नेपाल यथावत


१८ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी–ट्वान्टी वरियतामा नेपाल ११ औं स्थानमा यथावत रहेको छ । आईसीसीले शनिबार सार्वजनिक गरेको टी–ट्वान्टीको नयाँ वरियतामा नेपाल ११‌ औँ स्थानमा यथावत रहन सफल भएको हो ।

केही समय अगाडि नेपाली राष्ट्रिय क्रिकेट टोलीले मलेसियासँग २ खेलको अन्तर्राष्ट्रिय शृङ्खला खेलेको थियो । उक्त शृङ्खला क्लिन स्विप गरेको नेपाल अन्तर्राष्ट्रिय वरियतामा आफ्नो स्थान सुरक्षित गर्न सफल भएको हो ।

एसोसियट राष्ट्रबाट टी–ट्वान्टी वरियतामा नेपाल शीर्ष स्थानमा छ । टी–ट्वान्टी वरियतामा शीर्ष स्थानमा पाकिस्तान, दोस्रोमा इंग्ल्याण्ड र तेस्रोमा दक्षिण अफ्रिका छन् भने चौंथो स्थानमा भारत र पाँचौ स्थानमा न्युजिल्याण्ड छन् ।

यस्तै, एकदिवसीय अन्तर्राष्ट्रियमा पनि नेपाल १५ औं स्थानमा यथावत रहेको छ । एकदिवसीय वरियताको शीर्ष स्थानमा विश्वकप क्रिकेट विजेता इंग्ल्याण्ड, दोस्रोमा भारत, तेस्रोमा न्युजिल्याण्ड, चौंथोमा अष्ट्रेलिया र पाँचौ स्थानमा दक्षिण अफ्रिका छन् ।

प्रकाशित मिति : १८ श्रावण २०७६, शनिबार  ५ : ४६ बजे

अनेरास्ववियुका पूर्वअध्यक्ष पराजुली दुई क्षेत्रबाट उम्मेदवार सिफारिस

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले अनेरास्ववियुका पूर्वकेन्द्रीय अध्यक्ष सुदेश पराजुलीलाई दुई

छिमेकी र अन्य देशहरूसँग आवश्यक सहकार्य हुन्छ : नवनियुक्त मन्त्री शर्मा

काठमाडौं- नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले आफ्नो मन्त्रालयले चुनावसम्बन्धी विषयमा छिमेकी

मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी

क्वालालम्पुर- मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाकलाई शुक्रबार १एमडिबी सरकारी लगानी कोषबाट

स्वास्थ्य संस्थाहरुको गतिविधि आपत्तिजनक : वैदेशिक रोजगार व्यवसायी सङ्घ

काठमाडौं- नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले सरकारले स्वास्थ्य परीक्षण शुल्कमा