आधुनिकीकरण हुन नसक्दा कैलालीका आरन व्यवसाय सङ्कटमा | Khabarhub Khabarhub

आधुनिकीकरण हुन नसक्दा कैलालीका आरन व्यवसाय सङ्कटमा


२१ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

कैलाली- आधुनिकीकरण हुन नसक्दा कैलालीका आरन व्यवसाय सङ्कटमा पर्न थालेका छन् । परम्परागत सीपमा आधारित आरन व्यवसाय समयअनुसार परिवर्तन, आधुनिकीकरण र पुस्तान्तरण नहुँदा सङ्कटमा पर्न थालेको आरन व्यवसायीहरू बताउँछन् ।

कैलालीको गोदावरी नगरपालिका–८, स्याउले बजारका खड्ग तिरुवाले आरनमा काम गर्ने औजार आधुनिक किसिमका नभएकाले समस्या हुन थालेको बताए । “बजारमा आधुनिक औजारबाट बनेका सामान सस्तोमा पाउन थाले । हामीले आरनमा बनाएका सामानमा मेहनत बढी लाग्ने र महँगो पनि पर्ने भएकाले बिक्री गर्न पनि समस्या भएको छ”, उनले भने, “कोइला किन्नुपर्छ । नयाँ सामान बनाउनका लागि दुई जना आरनमा चाहिन्छ । घनले फलाम पिटेर सामान बनाउनुपर्छ ।”

एउटा हँसियालाई रु पाँच सयदेखि पन्ध्र सयसम्ममा बिक्री गर्ने गरेको तिरुवाको भनाइ थियो । “म हँसिया, कुटो, कोदालो, बञ्चरो, ताउलगायत कृषि र घरायसी प्रयोजनका सबै सामान बनाउँछु । पाँच जनाको परिवार यसैबाट पालेको छु ।” उनले भने, “आरनकै सीप सिकेकाले अन्य काम गर्न पनि मन लाग्दैन । तर यसमा मेहनत धेरै छ । आम्दानी कम छ । त्यसैले त अहिले यो व्यवसाय धेरैले छोडिसके । नयाँ पुस्ताले त झन यो काम सिक्न नै मन पराउँदैनन् ।” सरकारले आधुनिक किसिमका विद्युतीय औजारको व्यवस्था गरिदिए काम गर्न सजिलो हुने उनको भनाइ छ ।

समयानुकूल आरन व्यवसाय परिवर्तन हुन नसक्दा लोप हुने अवस्थामा पुगेको सोही ठाउँका ५० वर्षीय शेरबहादुर तिरुवाले बताए ।उनले भने, “कोइला पाइँदैन । वनबाट दाउरा काटेर ल्याउन नमिल्दा गोल किन्नुपर्छ । औजार पनि आधुनिक किसिमका भएनन् । पुराना औजारबाट बनाइएका सामान महँगा हुनाका साथै ग्राहकले किन्न पनि मन पराउँदैनन् ।”

“आधुनिक जमानामा हामीले काम गर्ने औजार पुरानै भए । औजार आधुनिक किसिमका भएको भए सामान बनाउन सजिलो हुन्थ्यो । नयाँ पुस्ताले पनि काम गर्थे होला । “कृषि कार्यमा चाहिने सबै सामान बनाउँछु”, शेरबहादुरले भने, “कमाइ त हुन्छ । सम्पूर्ण घरखर्च यसै आरनको कमाइबाटै चलाएको छु । यसैबाट दस जनाको परिवार पालेको छु । दैनिक एक हजारसम्म कमाइ गर्छु ।”

समयअनुसार परिवर्तन हुन नसक्दा परम्परागत सीपमा आधारित आरन व्यवसाय लोप हुने अवस्थामा पुगेको गोदावारी नगरपालिका–८ का वडाध्यक्ष गोविन्द चौधरीले बताए । उनले भने, “परम्परागत सीपमा आधारित यस्ता व्यवसाय हामीले संरक्षण गर्न आवश्यक छ । यसले रोजगारी पनि सिर्जना गर्ने भएकाले आरन व्यवसायलाई आधुनिकीकरण गर्न सकेसम्म पहल गर्छु ।”

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ४ : ५३ बजे

धोबीखोलापछि बागमती पुगे प्रकाशमान, बाढीको जोखिम न्यूनिकरणमा चासो

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले बिहीबार बागमती

इन्जिनियरलाई प्रश्न- नेपालका सडक बनिनसक्दै किन भत्किन्छन् ? 

काठमाडौं– नेपालमा यातायातको महत्त्वपूर्ण र आम मानिसको पहुँचमा भएको मार्ग

इटाली र अजरबैजान पठाइदिने भन्दै ठगी, दुई जना पक्राउ

काठमाडौं–  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी इटाली र अजरबैजान

रास्वपाले असार ७ मा तेस्रो स्थापना दिवस मनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यही असार ७ गते तेस्रो

इरानी मिसाइलले इजरायलमा ठूलो क्षति, स्वास्थ्यमन्त्रीको आक्रोश- इरानले ‘रेड लाइन’ नाघ्यो

तेलअभिभ- इरानमाथि इजराललले थालेको आक्रमणको छैटौँ दिन बित्दा तेलअभिभसहितका स्थानमा