साहो रिलिज हुने वित्तिकै बाहुबली स्टार प्रभासले विवाह गर्ने « Khabarhub

साहो रिलिज हुने वित्तिकै बाहुबली स्टार प्रभासले विवाह गर्ने


१८ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाहुबली स्टार प्रभासको विवाहलाई लिएर लामो समयदेखि चर्चा हुने गरेको छ । प्रभास यो समय तेलुगू फिल्म उद्योगका अविवाहित अभिनेता हुन् जसको चर्चा युवतीमाझ निकै छ ।

प्रभासको नाम बाहुबलीकी को स्टार अनुष्का शेट्टीसँग जोडिने गरेको छ । तर उनीहरुले सम्बन्धलाई अस्वीकार गर्दै आएका छन् । अब नयाँ समाचार आएको छ कि प्रभासको परिवार उनको फिल्म साहो रिलिज भएपछि विवाह गरिदिने तयारीमा जुटेका छन् ।

भारतीय अनलाईनहरुका अनुसार उनको परिवारले अमेरिकामा व्यापार गर्दै आएका एक व्यापारीकी छोरीसँग विवाह गराउने तयारी गरेका छन् तर यसको पुष्टि भने भइनसकेको समाचारहरुमा जनाइएको छ ।

प्रभासका काका कृष्णम राजूले गत वर्ष प्रभासले यो वर्ष विवाह गर्ने मिडियाहरुमा बताएका थिए । प्रभासका काकाले परिवारको इच्छाको बारेमा बताएका थिए तर प्रभासले भने विवाह नीजि मामला भएको बताएका थिए ।

एक भारतीय अनलाइनमा प्रभासकी बहिनीले अन्तर्वार्ताका क्रममा आफूहरु दाइको विहेको प्रतिक्षमा रहेको बताएकी थिइन् । दाइले लामो समय आफूहलाई नकुराउने उनले बताएकी थिइन् ।

प्रकाशित मिति : १८ श्रावण २०७६, शनिबार  ६ : ५० बजे

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन