किताबको बीचमा मयूरको प्वाँख किन राखिन्छ ? | Khabarhub Khabarhub

किताबको बीचमा मयूरको प्वाँख किन राखिन्छ ?


२२ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


960
Shares
  • change font
  • change font
  • change font

मयूरको प्वाँखलाई हिन्दु धर्मावलम्बीहरूले पवित्र मान्छन् । यो निकै सुन्दर  पनि देखिन्छ ।

हिन्दु धर्म अनुसार मयूरको प्वाँख भगवान् श्रीकृष्णले आफ्नो शिरमा लगाउने गर्दथे । यो भगवान् विष्णु र देवी लक्ष्मीलाई समेत प्रिय मानिन्छ । साथै गणेश र सरस्वतीलाई समेत प्रिय मानिन्छ । यति मात्र होइन भगवान् कार्तिकेयको वाहन पनि मयुर नै हो ।

मयूरको प्वाँख जति सुन्दर मानिन्छ । त्यति नै यसलाई घरमा राख्दा पनि लाभ हुने धार्मिक मान्यता छ । यसलाई घरमा राख्दा ग्रह दोषदेखि वास्तु दोषसमेत निवारण हुने मान्यता छ ।

मयूरको प्वाँखलाई पुस्तकमा राख्ने चलन गुरुआश्रमदेखि चलिआएको अनुमान गरिन्छ। यो अहिले पनि निरन्तर नै चलिआएको छ । देवी सरस्वतीलाई समेत प्रिय मयूरको प्वाँख पढाई कमजोर भएका बालबालिकाको किताबका बीचमा राखेमा बालबालिकालाई पढाइमा रुचि बढ्ने मान्यता छ ।

कुनै कारणले किताबबाट मयूरको प्वाँख खसेको छ भने त्यसलाई शुद्ध पानीले धोएर मात्र किताबमा राख्नु पर्छ । किताबमा मयूरको प्वाँख राख्नाले पढाइमा बाधाहरू हट्छ ।

पढाइमा अगाडि बढ्न नदिने नकारात्मक ऊर्जा नष्ट हुन्छ  भन्ने मान्यता रहेको छ । यस्तै किताबमा मयूरको प्वाँख राखे मुसाले किताब काट्दैन भन्ने पुरानो मान्यता पनि छ ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  ६ : २७ बजे

आङखस्ने समस्याबाट पीडित १५ जनाको शल्यक्रिया

टक्सार– जिल्ला अस्पताल भोजपुरमा सञ्चालन भएको शिविरमा आङ खस्ने समस्या

भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउनुपर्छ भन्ने अडानमै छौँ : सचेतक पाण्डे

काठमाडौं– नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा

स्कटल्याण्डले नेपाललाई दियो ३ सय २४ रनको विशाल लक्ष्य

काठमाडौं- स्कटल्याण्डले नेपाललाई ३ सय २४ रनको लक्ष्य दिएको छ

राज्यको चौथो अङ्गमा महिलाको पहुँच र भूमिका अझै न्यून : पूर्वराष्ट्रपति भण्डारी

झापा– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राज्यको चौथो अङ्गको रूपमा रहेको आमसञ्चार