किताबको बीचमा मयूरको प्वाँख किन राखिन्छ ? « Khabarhub

किताबको बीचमा मयूरको प्वाँख किन राखिन्छ ?


२२ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


972
Shares
  • change font
  • change font
  • change font

मयूरको प्वाँखलाई हिन्दु धर्मावलम्बीहरूले पवित्र मान्छन् । यो निकै सुन्दर  पनि देखिन्छ ।

हिन्दु धर्म अनुसार मयूरको प्वाँख भगवान् श्रीकृष्णले आफ्नो शिरमा लगाउने गर्दथे । यो भगवान् विष्णु र देवी लक्ष्मीलाई समेत प्रिय मानिन्छ । साथै गणेश र सरस्वतीलाई समेत प्रिय मानिन्छ । यति मात्र होइन भगवान् कार्तिकेयको वाहन पनि मयुर नै हो ।

मयूरको प्वाँख जति सुन्दर मानिन्छ । त्यति नै यसलाई घरमा राख्दा पनि लाभ हुने धार्मिक मान्यता छ । यसलाई घरमा राख्दा ग्रह दोषदेखि वास्तु दोषसमेत निवारण हुने मान्यता छ ।

मयूरको प्वाँखलाई पुस्तकमा राख्ने चलन गुरुआश्रमदेखि चलिआएको अनुमान गरिन्छ। यो अहिले पनि निरन्तर नै चलिआएको छ । देवी सरस्वतीलाई समेत प्रिय मयूरको प्वाँख पढाई कमजोर भएका बालबालिकाको किताबका बीचमा राखेमा बालबालिकालाई पढाइमा रुचि बढ्ने मान्यता छ ।

कुनै कारणले किताबबाट मयूरको प्वाँख खसेको छ भने त्यसलाई शुद्ध पानीले धोएर मात्र किताबमा राख्नु पर्छ । किताबमा मयूरको प्वाँख राख्नाले पढाइमा बाधाहरू हट्छ ।

पढाइमा अगाडि बढ्न नदिने नकारात्मक ऊर्जा नष्ट हुन्छ  भन्ने मान्यता रहेको छ । यस्तै किताबमा मयूरको प्वाँख राखे मुसाले किताब काट्दैन भन्ने पुरानो मान्यता पनि छ ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  ६ : २७ बजे

वर्षमानले भने : जनताले गुनासो राख्दा मत फिर्ता लैजानु भन्ने गृहमन्त्रीलाई खोज्दै छु

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले जनताले आफ्ना गुनासो

फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुईको मृत्यु

मनिला– दक्षिणी फिलिपिन्सको एक निजी विद्यालयमा मङ्गलबार गोली चल्दा दुई

इन्फान्टिनोको आलोचना गरेको तीन सातामै फिफाका उच्च अधिकारी बर्खास्त

काठमाडौं- विश्व फुटबल महासंघ (फिफा) का प्रमुख सञ्चालन अधिकृत (सीओओ)

 प्रतिनिधिसभा : विद्युतीय चुलो प्रवर्द्धनमा जोड

काठमाडौं– आजको प्रतिनिधिसभा बैठकमा सांसदहरूले सरकारलाई विद्युतीय चुलो प्रवर्द्धनमा जोड

अर्धमासिक तलब भुक्तानी गर्न परिपत्र

काठमाडौं– महालेखा नियन्त्रक कार्यालयले राष्ट्रसेवक कर्मचारीको तलब भत्ता अर्धमासिक रुपमा