भारतसंग इङल्याण्ड १०६ रनले पराजित « Khabarhub

भारतसंग इङल्याण्ड १०६ रनले पराजित


२२ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


444
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले जारी टेस्ट सिरिजको दोस्रो टेस्टमा इङल्याण्डलाई पराजित गरेको छ । भारतले इङल्याण्डलाई टेस्टको चौथो दिन १०६ रनले पराजित गरेको हो ।

भारतले दिएको ३९९ रनको लक्ष्य पछाएको इङल्याण्ड २९२ रन बनाएर अलआउट भएपछि भारतले यो खेल एक दिन अघि नै १०६ रनले जितेको हो ।

इङल्याण्डका लागि दोस्रो इनिंगमा ज्याक क्रवलीले सर्बाधिक ७३ रन बनाएका थिए । त्यस्तै भारतीय बलर आर आश्विन र जसप्रित बमराहले ३-३ विकेट लिए भने मुकेश कुमार, कुलदीप यादव र अक्सर पटेलले एक एक विकेट लिएका थिए । 

यसअघि भारतले पहिलो इनिंगमा ३९६ रन बनाएको थियो भने इङल्याण्डले आफ्नो पहिलो इनिंगमा २५३ रन बनाएको थियो । त्यसपछि भारतले दोस्रो इनिंगमा २५५ रन बनाएर इङल्याण्डलाई ३९९ रनको लक्ष्य दिएको थियो ।

यो जितपछि भारतले ५ खेलको टेस्ट सिरिजमा कमब्याक गर्दै १-१ को बराबरी गरेको छ । यसअघि पहिलो खेल इङल्याण्डले जितेको थियो ।

अब सिरिजको तेस्रो खेल फेब्रुअरी १५ देखि राजकोटमा हुने छ ।       

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  ३ : ३१ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना