भारतसँग सम्बन्ध चिसिएका बेला यही वर्ष २० लाख पर्यटक भित्र्याउने मालदिभ्सको लक्ष्य | Khabarhub Khabarhub

भारतसँग सम्बन्ध चिसिएका बेला यही वर्ष २० लाख पर्यटक भित्र्याउने मालदिभ्सको लक्ष्य


२२ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मालदिभ्स र भारतबीचको सम्बन्धमा चिसोपन बढिरहेको छ । यस्तो अवस्थामा भारतमा घुम्नका लागि मालदिभ्स नजाने वा मालदिभ्सको पर्यटन क्षेत्रलाई वहिष्कार गर्ने अभियान नै चलिरहेको छ ।

मालदिभ्समा भारतीयहरु नै सबैभन्दा धेरै पर्यटकका रुपमा जाने गर्छन् । सन् २०२३ मा २ लाखभन्दा धेरै भारतीय पर्यटक मालदिभ्स भ्रमणमा गएका थिए । भारतमै मालदिभ्सलाई वहिष्कार गर्ने अभियान चलिरहेका बेला त्यहाँका राष्ट्रपति राष्ट्रपति मोहम्मद मुइज्जुले भने मुलुकको इतिहासमै पहिलो पटक सन् २०२४ मा २० लाख पर्यटक भित्र्याउने बताएका छन् ।

मुइज्जुले सोमबार बिहान संसदको अन्तिम अधिवेशनको उद्घाटन बैठकमा राष्ट्रपतिका रूपमा आफ्नो पहिलो सम्बोधनमा उक्त आफ्नो मुलुकले २० लाख पर्यटक भित्र्याउने बताएका हुन् ।

राष्ट्रपति मुइज्जुले वेलाना अन्तर्राष्ट्रिय विमानस्थलको विस्तारले वर्षको मध्यसम्ममा औसतमा १०.३ प्रतिशतले पर्यटक आगमनमा वृद्धि हुने बताए । मालदिभ्स सरकारले यस वर्ष २० वटा नयाँ रिसोर्ट खोल्न चाहेको र ती रिसोर्टमा दुई हजार ८२७ बेड थपिने उनको भनाइ छ ।

विभिन्न कारणले रोकिएका टापु, जग्गा प्लटिङ र तालको विकासका लागि अवरोधको पहिचान गरी सम्भावित समाधानको खोजी भइरहेको राष्ट्रपति मुइज्जुलले बताए । माल्दिभ्सको आधिकारिक तथ्याङ्कअनुसार सन् २०२३ मा माल्दिभ्समा १८ लाख भन्दा बढी विदेशी पर्यटक आएका छन् ।

माल्दिभ्सको पर्यटन मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार माल्दिभ्समा यस वर्षको जनवरीमा एक लाख ९२ हजारभन्दा बढी पर्यटक भित्रिएका छन्, जुन गत वर्षको सोही अवधिको तुलनामा ११.५ प्रतिशतले बढी हो ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  ३ : ५७ बजे

बाबुरामको प्रश्न- पूर्वमाओवादीहरु किन एकैठाउँ आउने, प्रचण्डलाई सत्तामा पुर्‍याउन ?

काठमाडौं- नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्व माओवादीहरू

राष्ट्र बैंकले बढायो स्मारिका सिक्का र मेडालियनको मूल्य

काठमाडौं– नेपाल राष्ट्र बैंकले स्मारिका सिक्का र मेडालियनको मूल्य वृद्धि

सुन्दरीघाटबाट पुनः पानी वितरण

काठमाडौं–  खानेपानीमन्त्री प्रदीप यादवको निर्देशनपश्चात् काठमाडौँको किर्तिपुरस्थित सुन्दरीघाटबाट आजदेखि खानेपानी

‘हिराको कण’ ले जलवायु परिवर्तनको असर रोक्ने

काठमाडौं– औद्योगीकरणपछि विश्वका हरेक क्षेत्रमा क्रान्तिकारी परिवर्तन देखिएका छन् ।

गृहमन्त्रीलाई तोसिमाको प्रश्न- कारागारमा लामखुट्टे भगाउने धूप खै ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तोसिमा कार्कीले कास्की कारागारमा लामखुट्टे