खैरो हेरोइनसहित दुई जना पक्राउ « Khabarhub

खैरो हेरोइनसहित दुई जना पक्राउ


२२ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


732
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट लागूऔषध खैरो हेरोइनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। ७६ ग्राम खैरो हेरोइनसहित सोमबार दिउँसो प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा नुवाकोटको तादी गाउँपालिका–६ घर भएका २९ वर्षीय आदम तामाङ र उनकै भान्जा नाता पर्ने सोही ठाउँ बस्ने २२ वर्षीय दिलबहादुर तामाङ रहेका छन्।

प्रहरी प्रभाग नागढुंगा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुंगाबाट खटिएको संयुक्त टोलीले धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको ग १ ख ६९०२ नम्बरको माइक्रो बसलाई जाँच गर्ने क्रममा माइक्रोमा सवार आरोपीहरूलाई लागूपदार्थसहित पक्राउ गरेको हो।

लागूऔषध सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  ७ : १८ बजे

चाँगुनारायणमा चोरी

काठमाडौं भक्तपुरको चाँगुनारायण नगरपालिका–४ प्रगतिटोलस्थित एक घरबाट सुनका विभिन्न गरगहना

मनाइयो विश्व रेडक्रस दिवस

काठमाडौं- रेडक्रसका जन्मदाता जाँ हेनरी ड्युनाको जन्मदिनको अवसरमा आज ‘मानवताका

नेप्से परिसूचक २७ अङ्कले बढ्यो

काठमाडौं- यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

महिलाको प्रतिनिधित्व ५० प्रतिशत पुर्‍याउन माग

काठमाडौं- महिला अधिकारकर्मी तथा सरोकारवालाहरुले जेन–जी आन्दोलनपछि निर्मित बलियो सरकारले

समस्याग्रस्त सहकारीका बचतकर्तालाई सरकारी राजस्वबाट पैसा दिनु कति उचित ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनावी वाचापत्रमा सरकार बनेको एक