खैरो हेरोइनसहित दुई जना पक्राउ | Khabarhub Khabarhub

खैरो हेरोइनसहित दुई जना पक्राउ


२२ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


726
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट लागूऔषध खैरो हेरोइनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। ७६ ग्राम खैरो हेरोइनसहित सोमबार दिउँसो प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा नुवाकोटको तादी गाउँपालिका–६ घर भएका २९ वर्षीय आदम तामाङ र उनकै भान्जा नाता पर्ने सोही ठाउँ बस्ने २२ वर्षीय दिलबहादुर तामाङ रहेका छन्।

प्रहरी प्रभाग नागढुंगा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुंगाबाट खटिएको संयुक्त टोलीले धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको ग १ ख ६९०२ नम्बरको माइक्रो बसलाई जाँच गर्ने क्रममा माइक्रोमा सवार आरोपीहरूलाई लागूपदार्थसहित पक्राउ गरेको हो।

लागूऔषध सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  ७ : १८ बजे

सामान फिर्ता गर्न राजस्व अनुसन्धान कार्यालय बुटवलको अनुरोध

लुम्बिनी–  ‘जेनजी पुस्ता’को प्रदर्शनका क्रममा बुटवलस्थित राजस्व अनुसन्धान कार्यालयमा ठूलो

एनसेलले भन्यो- हामी फेरी उठ्ने छौँ

काठमाडौं– गत हप्ताको तोडफोडका घटनाले एनसेलको काठमाडौंस्थित मुख्य कार्यालय ‘एनसेल

धनुषाका सरकारी कार्यालयहरूद्वारा सेवा सञ्चालन

जनकपुरधाम– धनुषामा रहेका सरकारी कार्यालयहरूले सेवा प्रवाह सुरु गरेका छन्

तनहुँ कारागारबाट भागेका १०९ कैदीबन्दी पक्राउ

दमौली – तनहुँ कारागारबाट फरार भएकामध्ये १०९ जना कैदीबन्दी पक्राउ

दशैँ तिहार लक्षित सुपथ पसल सुरु (तस्बिरहरू)

काठमाडौं– सरकारले आजबाट चाडपर्व लक्षित दशैँ तिहार सहुलियत पसल सुरु