स्वतन्त्र प्यानल गठन गर्ने महासचिव गुटेरेसको घोषणा « Khabarhub

स्वतन्त्र प्यानल गठन गर्ने महासचिव गुटेरेसको घोषणा


२३ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क – संयुक्त राष्टसङ्घका महासचिव एन्टोनियो गुटेरेसले प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्टसङ्घीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए) को मूल्यांकन गर्न स्वतन्त्र प्यानल गठन गर्ने घोषणा गरेका छन् । 

गत अक्टोबर  ७  गते इजरायलमा भएको हमासको आक्रमणमा उक्त एजेन्सीका बाह्र जना कर्मचारीहरू संलग्न  रहेको इजरायली दाबीका कारण मानवीय संगठनले आलोचनाको सामना गर्नुपरेको छ । 

एजेन्सीको कोष अमेरिका, जर्मनी, बेलायत, स्विडेन लगायत एक दर्जनभन्दा बढी राष्ट्रहरूले निलम्बन गरेका छन् । फ्रान्सका पूर्वविदेश मन्त्री क्याथरिन कोलोनाले स्वतन्त्र प्यानलको अध्यक्षता गर्ने र तीन युरोपेली अनुसन्धान संस्थाहरूसँग सहकार्य गर्ने संयुक्त राष्टसङ्घले विज्ञप्ति मार्फत घोषणा गरेको अल जजिराले जनाएको छ ।

एजेन्सीले तटस्थता सुनिश्चित गरी आरोपहरूको जवाफ दिन आवाश्यक कार्य गरिरहेको छ कि छैन भन्ने मूल्यांकन गर्नु अनुसन्धानको घोषित उद्देश्य  रहने बताइएको छ ।

अल जजिराका अनुसार प्यानलको प्रतिवेदनमा एजेन्सीको प्रणालीको सम्भावित सुधार र सुदृढीकरणका लागि अन्तरिम प्रतिवेदनका लागि मार्चको अन्त्यमा र अन्तिम प्रतिवेदनका लागि अप्रिलको अन्त्यमा सिफारिसहरू समावेश गरिने गुटेरेसले बताए । 

यो मूल्यांकन संयुक्त राष्ट्रसंघको आन्तरिक अनुसन्धानसँग सम्बन्धित छैन । जुन गत महिना १२ जना युएनआरडब्लुए कर्मचारीहरू विरुद्धको प्रारम्भिक आरोपपछि शुरु गरिएको थियो ।

अक्टोबर ७ पहिलो आक्रमणपछि  शुरु भएको  इजरायल र हमासबिचको युद्ध करिब १,२०० इजरायली मारिए र करिब दुई सय ५० जना बन्धक बनाइए । 

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  ४ : ०१ बजे

बर्डफ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा

काठमाडौं– सदर चिडियाखाना जावलाखेलमा बर्डफ्लु (एच फाइभ एन वान) को

राष्ट्रपतिरा रातो मच्छिन्द्रनाथको भोटोजात्रा अवलोकन

ललितपुर– राष्ट्रपति रामचन्द्र पौडेल र र प्रधानमन्त्री वालेन्द्र शाहले वर्षा

समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा

एजेन्सी– इरान र अमेरिकाबीच स्विट्जरल्याण्डमा हुने भनिएको वार्ता स्थगित भएपछि

राहुघाट जलविद्युत् आयोजना : भौतिक संरचना परीक्षण गर्न सुरु

म्याग्दी– नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

पहिलो विदेश भ्रमणका क्रममा बङ्गलादेशी प्रधानमन्त्री रहमान मलेसिया हुँदै चीन जाने

ढाका- बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले पदभार ग्रहणपछि आफ्नो पहिलो विदेश