नागढुंगा-सिस्नेखोला सुरुङमार्गको अनुगमन « Khabarhub

नागढुंगा-सिस्नेखोला सुरुङमार्गको अनुगमन


२३ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणमा देखिएका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउने भएको छ । 

मंगलबार सुरुङमार्गको स्थलगत अनुगमन गर्दै समितिले सबै समस्या समाधान गर्दै द्रुत गतिमा आयोजना सम्पन्न गर्नुपर्ने भएकाले छिटो भन्दा छिटो समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउने जनाएको हो । समितिका सभापति प्रकाश पन्थले आयोजना निर्माणको काम सन्तोष जनक नै देखिएको बताए । 

उनले धादिङ र काठमाडौंका क्षेत्रमा मुआब्जा लगायतका केही समस्या रहेको भन्दै यसलाई समाधान गर्न सरकारलाई आवश्यक निर्देशन दिने बताए । अहिलेको अवस्थामा काम भए केही दिनभित्रै सुरुङमार्गको ब्रेक थ्रु हुने जानकारी पाएको उनले बताए । सभापति पन्थले आयोजना समयमा नै सम्पन्न गर्न सबैले जोडबल गर्नुपर्ने भन्दै एक वर्षभित्रमै सुरुङमार्ग पूर्णरुपमा सम्पन्न हुन सक्ने देखिएको

निर्माणाधीन काठमाडौं धादिङ जोड्ने नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आयोजनाको समग्र भौतिक प्रगति करिव ६८ प्रतिशत रहेको नागढुंगा सुरुङमार्ग आयोजनाले जनाएको छ । काठमाडौं र धादिङतर्फ मुख्य सुरुङमार्ग २ हजार ६८८ मिटरमध्ये २ हजार ६३६ मिटर सुरुङ खन्ने काम पुरा भएको आयोजनाको भनाइ छ । 

हालसम्म मुख्य, सहायक सुरुङ, वर्किङ अडिट सुरुङ खन्ने काम सम्पन्न भएको आयोजनाले जानकारी दिएको छ । सम्झौता अनुसार जापनिज निर्माण कम्पनी हाजमा एन्डो कर्पोरेसनले २६ जुलाई २०२३ सम्म आयोजना निर्माण सम्पन्न गर्नु पर्ने भएपनि निर्धारित समयमा आयोजना पुरा नहुने भएपछि सरकारले आगामी २५ अप्रिल २०२४ सम्मको लागि समय थप गरेको छ । 

२०७६ कात्तिकमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त सुरुङमार्ग शिलान्यास गरेका थिए । सरकारको ४ अर्ब ८० करोड रुपैयाँ र जापान सरकारको १५ अर्ब ८० करोड रुपैयाँ ऋण सहयोग गरी कुल करिब २० अर्ब ६० करोड रुपैयाँ लगानीमा सुरुङमार्ग निर्माण हुन लागेको हो । 

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  ५ : १० बजे

सुनको मूल्य १८ सय रुपैयाँले घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज (आईतबार) सुनको मूल्यमा गिरावट आएको छ

संविधान संशोधनमा अहिल्यै हतार नगरौँ: एमाले महासचिव

काठमाडौँ – नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सरकारले संविधान संशोधन

नक्कली उत्पादनविरुद्ध सरकार आक्रामक : सयभन्दा बढी शङ्कास्पद वस्तु नियन्त्रणमा

काठमाडौँ – बजारमा नक्कली उत्पादनहरूको बिक्री-वितरण भइरहेको खबर सार्वजनिक भएपछि

लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

तत्काल सम्झौता भए इरानमाथिको हमला रोक्न ट्रम्प तयार

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘द्रुत गतिमा’ कूटनीतिक