उद्यमशीलताको विकास गरि विदेशिने युवा जनशक्तिलाई रोक्नुपर्छ : ओली « Khabarhub

उद्यमशीलताको विकास गरि विदेशिने युवा जनशक्तिलाई रोक्नुपर्छ : ओली


२३ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश भित्रै उद्यमशीलताको विकास गरि विदेशिने युवा जनशक्तिलाई रोक्नुपर्ने बताएका छन् ।

झापाको शिवसताक्षी नगरपालिका वडा न-४ स्थीत बुलुचोकमा झापा इनर्जी लिमिटेडद्वारा प्रवर्द्धित १० मेगावाट क्षमताको ग्रीडमा जडित  सौर्य विद्युत् परियोजनाको समुद्घाटन  गर्दै ओलीले युवाहरूलाई स्वदेशमा परिचालन गर्ने गरि उद्यमशीलताको विकास गर्नुपर्ने बताएका हुन् ।  अध्यक्ष ओलीले देश विकास गर्न कृषिमा विज्ञान र प्रविधिको प्रयोग जरुरी रहेको भन्दै उर्जाको प्रयोग गरेर कृषिमा आधुनिकीकरण गर्न सकिने बताए ।

निजी क्षेत्रको सबैभन्दा ठुलो मध्ये एक यस सौर्य उर्जा परियोजना बाट उत्पादित १० मेगावाट विद्युत् माघ ९ गते देखिनै नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । र्सौय उर्जा परियोजनाका लागी झापा इनर्जी ली. ले २१ बिगाह १३ कट्ठा जमिन खरिद गरि ८५ करोडको लागतमा उच्च प्रविधियुक्त सोलार प्यानल जडान तथा आवश्यक भौतिक संरचना निर्माण गरेको हो । 

सौर्य आयोजना निर्माणका लागी संस्थापक पूंजी २५.१० करोड र बैंक कर्जा रु ५९.९० करोड वित्तिय स्रोत व्यवस्थापन गरिएको छ । उक्त सोलार प्यानल बाट वार्षिक १ करोड ७६ लाख १० हजार युनिट विद्युत् उत्पादन हुने र जसबाट १२ करोड ८५ लाख वार्षिक आम्दानी हुने झापा इनर्जी लिमिटेडले जनाएको छ । 

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  ७ : १६ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका