मानसिक स्वास्थ्य सेवा विस्तारमा सरकार प्रतिवद्ध : स्वास्थ्यमन्त्री « Khabarhub

मानसिक स्वास्थ्य सेवा विस्तारमा सरकार प्रतिवद्ध : स्वास्थ्यमन्त्री


२५ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मानसिक स्वास्थ्य अस्पतालको सेवा विस्तार गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

बिहीबार ललितपुरको लगनखेलमा रहेको मानसिक स्वास्थ्य अस्पतालमा किशोरकिशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन गर्दै मन्त्री बस्नेतले मानसिक स्वास्थ्य समस्याका कारण अहिले मृत्युवरण गर्नेको सङ्ख्यामा वृद्धि भइरहेको भन्दै मानसिक स्वास्थ्य अस्पतालको सेवा विस्तार गर्न सरकार प्रतिवद्ध रहेको बताएका हुन् । 

उनले समयमा नै मानसिक स्वास्थ्य समस्याको उपचार हुन सके थप समस्या झेल्न नपर्ने जिकिर गरे । मन्त्री बस्नेतले युवाहरूलाई समयमा नै परामर्श दिन सके मानसिक स्वास्थ्य समस्यालाई न्यूनिकरण गर्न सकिने धारणा राखे ।

उनले स्वदेशमा नै नर्स र डाक्टर पढाउदै दक्ष जनशक्ति उत्पादन गर्न सकिने र बेरोजगारीको संख्या घट्ने उल्लेख गरे । स्वास्थ्य क्षेत्रमा राम्रो काम गर्न खोज्दा आफ्नो विरोध भएको र राजीनामा माग्ने समेत काम भएको उनले बताए ।

मन्त्री बस्नेतले कसैले विरोध गरेकै कारण स्वास्थ्य क्षेत्रको सुधारको काम नरोकिने स्पष्ट पारे । मानसिक स्वास्थ्य अस्पताल, सिविन नेपाल र फोरट नर्वेको सहकार्यमा किशोरकिशोरी मानसिक स्वास्थ्य इकाई स्थापना गरिएको हो । 

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार  १२ : ५६ बजे

बडादसैँको दोस्रो दिन मैतीदेवी मन्दिरमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको आज दोस्रो दिन । आज दसैँ

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी पुनः सुरु भएको छ

दसैँको बक्सअफिसमा चार स्टारको भिडन्त, कसले मार्ला बाजी ?

काठमाडौँ– नेपाली चलचित्रका लागि दसैँ केवल चाडपर्वको समय होइन, बक्सअफिसमा

अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्दै

लमजुङ– बाढीपहिरो र हिमपातका कारण प्रभावित बनेको अन्नपूर्ण चक्रीय पदमार्गमा

चार देशमा प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज