एसीसी महिला प्रिमियर कप खेल्ने नेपाली टोलीको विदाई « Khabarhub

एसीसी महिला प्रिमियर कप खेल्ने नेपाली टोलीको विदाई


२५ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मलेसियामा हुने एसीसी महिला प्रिमियर कपमा सहभागी हुने महिला राष्ट्रिय क्रिकेट टोलीलाई विदाई गरिएको छ ।

बिहीबार काठमाडौंमा क्यानले महिला राष्ट्रिय क्रिकेट टोलीलाई विदाई गरेको हो । प्रतियोगिता १० देखि १८ फेब्रुअरीसम्म हुनेछ । विदाई कार्यक्रममा महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले आफूहरूको बन्द प्रशिक्षण निकै राम्रो भएको भन्दै महिला टि-२० एसिया कपमा क्वालीफाई भएर फर्कने विश्वास व्यक्त गरिन् ।

त्यस्तै मुख्य प्रशिक्षक मनोज कटवाल बन्द प्रशिक्षणमा क्रममा राम्रो अभ्यास भएको नजिता पनि राम्रो आउने बताए । उनले खेलका लागि सवै खेलाडीहरू फिट रहेको उल्लेख गरे ।

प्रतियोगितामा नेपाल, थाईल्यान्ड, युएई, इन्डोनेसिया, हङकङ, चीन, म्यानमार, भुटान, बहराइन, ओमान, कुवेत, सिंगापुर, जापान, कतार र माल्दिभ्स छन् । फाइनलमा पुग्ने दुई टोलीले आगामी जुलाईमा हुने महिला टि-२० एसिया कप खेल्न पाउनेछन् ।

उक्त एसिया कपमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र छनोटबाट आउने दुई टोली हुनेछन् ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार  ४ : ५७ बजे

बाँकेमा ६०७ हेक्टर बढी वनक्षेत्र अतिक्रमण

राँझा– बाँकेमा आर्थिक वर्ष २०८२-८३ सम्ममा ६०७  हेक्टरभन्दा बढी वनक्षेत्र

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन

क्यासिनोमा जुवा खेलाउने ११ जना पक्राउ, १० लाख बरामद

काठमाडौँ – काठमाडौँको बुढानिलकण्ठस्थित गरुड क्यासिनोभित्र गैरकानुनी रूपमा नेपाली नागरिकलाई

बालेनसँगको छलफल लगत्तै पक्राउ परेका गाउँपालिका अध्यक्षविरुद्ध ९ मुद्दामा ९ करोड ५६ लाख बिगो

काठमाडौँ – उपत्यकाका विभिन्न प्रहरी कार्यालयमा कुल ९ करोड ५६

प्रधानमन्त्री राहत कोषमा १४ अर्ब दुई करोड ७३ लाख जम्मा, पीडितलाई एक अर्ब निकासा

काठमाडौँ – प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब २