बालेन्द्रले शान्तिबाटिकामा अशान्ति फैलाएको गुनासो   « Khabarhub

बालेन्द्रले शान्तिबाटिकामा अशान्ति फैलाएको गुनासो  


२५ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रानीपोखरी नजिकै शान्तिबाटिकामा धर्नामा बसेकाहरूलाई काठमाडौं महानगरपालिकाले हटाएको छ । धर्नाबाट हटाइएकाहरुले शान्तिवाटिकामा मेयर बालेन्द्र शाहले अशान्ति फैलाएको आरोप लगाएका छन् ।

मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले बिहीबार पत्रकार सम्मेलन गर्दै मेयर शाहले अन्यायमा परेकामाथि ज्यादती गरेको आरोप लगाएका हुन् ।

शान्तिवाटिकामा धर्नामा बसेका पीडितहरूलाई महानगरले रानीपोखरी आसपास फोहोर गरेको भन्दै मंगलबार त्यहाँबाट धपाएको थियो ।

मिटरब्याज पीडितका साथै दाइजोका नाममा हत्या गरिएकी आरती साहको परिवार पनि माइतीघरबाट लखेटिएर शान्तिबाटिकाकै धर्ना बसिरहेका थिए । आरतीका दाजु प्रेम साहले बालेन साह हिटलर भएको आरोप लगाए । उनले प्रश्न गरे, ‘तपाई गरिब जनताको मेयर हो कि धनीको मात्रै हो ?’

उनले गरिबका लागि बोलिदिने कोही नभएको बताए । धर्ना बस्दै आएका साहले प्रश्न गरे, ‘लोकतन्त्र भनेको यही हो ? तानाशाह शासक बस्ने राज्यमा कसरी लोकतन्त्र हुन्छ ? प्रधानमन्त्री, गृहमन्त्री धर्ना बस्न हुने, नागरिकले बस्न नहुने ?’

त्यस्तै मिटरब्याज पीडित संघर्ष समितिकी अध्यक्ष मुना के.सी.ले नगर प्रहरीले पूर्वसूचना नदिई आएर भाँडा र लुगा फ्याँकिदिएको बताइन् ।

विभिन्न घटनाका पीडित महिला तथा बालबालिकालाई अमानवीय ढङ्गले शान्तिवाटिकाबाट निकालेको मुनाले बताइन् । उनले आक्रोशित हुँदै भनिन्, ‘डोजरले उठाएर हामीलाई कतै लगेर फालिदिनुस् ।’ 

मेयर बालेनलाई आफूहरूले राम्रो मेयर मानेको तर उनैले अन्याय गरेको भन्दै उनले प्रश्न गरिन्, ‘यो अन्याय गृहमन्त्रीले देखेको छ कि छैन ?’

मिटरब्याज पीडित ४ सय १० दिनदेखि धर्नामा छन् ।

सुरुमा सबै पीडितहरू माइतीघर मण्डलामा धर्ना बस्दै आएका थिए । तर, सरकारले माइतीघरलाई अनिश्चित कालका लागि निषेधित क्षेत्र घोषणा गरेको छ । शान्तिबाटिबाट पनि महानगरले लखेटेपछि अब पीडितहरू कहाँ धर्ना बस्ने भनेर अलमलमा परेका छन् । 

पीडित भन्छन्, ‘खुल्लामञ्चमा बसौँ भने ताला लगाइएको छ, त्यहाँ फुटबल ग्राउण्ड बनाउने मेयर बालेन्द्रको तयारी छ रे, अब पीडितहरूले कहाँ बसेर सरकारसँग माग राख्ने ?’    

 

तस्विर : चिरायु शाक्य

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार  ६ : १४ बजे

कालीगण्डकी पुल भत्किँदा घट्यो बागलुङ बजारमा चहलपहल

काठमाडौं– बाढीले कालीगण्डकी पुल भत्किएपछि बागलुङ बजारमा चहलपहल घटेको छ

वुसिकले राष्ट्रपतिको पदबाट दिए राजीनामा, प्रधानमन्त्रीमा उम्मेदवारी दिने तयारी

बेलग्रेड– सर्बियाका राष्ट्रपति अलेक्जान्डर वुसिकले आगामी प्रारम्भिक संसदीय निर्वाचनमा प्रधानमन्त्री पदमा

दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रिकाको एउटा बारमा भएको सामूहिक गोलीबारीमा थप एक

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान