त्रिभुवन विमानस्थलको अध्यागमनमा कर्मचारी कम हुँदा सेवा प्रवाहमा समस्या : मन्त्री श्रेष्ठ « Khabarhub

त्रिभुवन विमानस्थलको अध्यागमनमा कर्मचारी कम हुँदा सेवा प्रवाहमा समस्या : मन्त्री श्रेष्ठ


२६ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन विमानस्थलको अध्यागमनमा कर्मचारी कम हुँदा सेवा प्रवाहमा केही समस्या देखिएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा अध्यागमन विभागमा नयाँ भिसा प्राप्त गर्न, भिसाको म्याद थप गर्ने वेबसाइटको उदघाटन गर्दै मन्त्री श्रेष्ठले अहिले विमानस्थलको अध्यागमनमा कोही पनि कर्मचारी जान नमान्ने देखिएकाले सेवा प्रवाहमा केही समस्या देखिएको भन्दै उक्त समस्या छिटै समाधान हुने बताएका हुन् ।

अध्यागमनमा भएको सेटिङलाई सरकारले भत्काएको र कतिपय अधिकृतस्तरका कर्मचारी लगायतलाई प्रहरीले पक्राउ गरेको उनले बताए । उनले सेटिङको आधार भिजिट भिसाको कार्यविधि खारेज गरेपछि नयाँ अवस्था सिर्जना भएको धारणा राखे । उनले विमानस्थलमा केही समयभित्रै अन्तराष्ट्रिय स्तरको अध्यागमन सञ्चालन गर्ने जानकारी दिए ।

गृहमन्त्री श्रेष्ठले किर्ते, जालसाजी गर्ने र राज्यलाई लुट्ने राजनीतिक व्यक्ति, कर्मचारी जो सुकैलाई भएपनि कारवाही गर्न सरकार पछि नहट्ने स्पष्ट पारे । उनले सुन प्रकरण, नक्कली शरणार्थी प्रकरण लगाएतदेखि बाँसबारी जग्गा प्रकरणको अनुसन्धानबाट सरकार पछि नहट्ने र दोषीलाई कारवाही गरेरै छाड्ने प्रतिबद्धता जनाए ।

त्यस्तै उनले सामान्तवादको अवशेषको रुपमा रहेको मिटरव्याजी पिडितलाई न्याय दिने काममा सरकारले काम गरेको र पाँच हजार भन्दा बढिले न्याय पाइसकेको जानकारी दिए । मिटरव्याजसम्बन्धी अनुसन्धान गर्ने आयोग खारेज भएपनि करिब २२ हजार जनाको उजुरीलाई जिल्ला प्रहरी कार्यालयमा पठाइसकेको र पिडितलाई न्याय हुने उहाले दाबी गरे ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ३ : ०४ बजे

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर

दुई मन्त्रीसँगको फोटो राख्दै बालेनले लेखे– देश बनाउने टोली

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पछिल्लो