अष्ट्रेलिया र नेपालबीच द्विपक्षीय व्यापार तथा लगानी सम्झौता « Khabarhub

अष्ट्रेलिया र नेपालबीच द्विपक्षीय व्यापार तथा लगानी सम्झौता


२६ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अष्ट्रेलिया र नेपालबीच द्विपक्षीय व्यापार तथा लगानी सम्झौतामा हस्ताक्षर भएको छ । आज परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र अष्ट्रेलियाका विदेशमन्त्री पेनी वङ्गको उपस्थितीमा सम्झौता भएको हो । अष्ट्रेलियाको पर्थ शहरमा २६–२७ माघमा जारी सातौं प्रशान्त महासागर सम्मेलनको साइडलाइनमा सम्झौता भएको नेपालस्थित अष्ट्रेलियन दूतावासले जनाएको छ । सम्झौता भएको हो ।

अष्ट्रेलियाली सहायक परराष्ट्रमन्त्री टिम वाट्स, अधिकारी ग्यारी कोवान र अष्ट्रेलियास्थित नेपाली राजदूत कैलाशराज पोखरेलले उक्त सम्झौतामा हस्ताक्षर गरे । यो सम्झौताले अष्ट्रेलिया र नेपालबीचको आर्थिक सम्बन्धलाई थप गहिरो बनाउनुका साथै व्यापारलाई थप विस्तार गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।

अष्ट्रेलिया र नेपालबीच बलियो द्विपक्षीय सम्बन्ध रहिआएको र अब यो सम्बन्ध व्यापार तथा लगानी क्षेत्रमा पनि विस्तार भएको काठमाडौंस्थित अष्ट्रेलियन दूतावासले जनाएको छ । अष्ट्रेलिया नेपालको छैठौं ठूलो वैदेशिक लगानी गर्ने मुलुक हो भने नेपाली विद्यार्थीमाझ अष्ट्रेलिया उच्च तथा प्राविधिक शिक्षाका लागि रुचाइएको अन्तराष्ट्रिय गन्तब्य मुलुक हो ।

नेपालको पर्यटन क्षेत्रको पुनरुत्थानमा पनि अष्ट्रेलियाले सहयोग गरिरहेको छ । गत वर्ष झण्डै ३९ हजार अष्ट्रेलियन पर्यटकहरुले नेपाल भ्रमण गरेका थिए ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ४ : ०२ बजे

मगर समुदायले काठमाडौंमा मनाए भूमे पर्व (तस्बिरहरू)

काठमाडौं– मगर समुदायले भूमे अर्थात् प्रकृतिको पूजाआजा गर्दै मनाउने पर्व

मधेश प्रदेशको बजेट आकार ४१ अर्ब १३ करोड ८६ लाख

काठमाडौं– मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ४१ अर्ब

गर्मी बढेसँगै सर्प दंशका बिरामी बढे

जलेश्वर– महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित प्रादेशिक अस्पताल जलेश्वरमा सर्पले

सत्यलाई हतियार बनाएर भ्रम चिर्छौँ, एमालेको विचार हरेक मोबाइल स्क्रिनसम्म पुर्‍याउँछौँ’ : निरज आचार्य

काठमाडौं– नेकपा एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

प्रत्येक जिल्लमा एउटा विद्यालयलाई नमूना विद्यालय बनाउने

काठमाडौं– मधेश सरकारले मधेसका प्रत्येक जिल्लामा एउटा नमूना विद्यालय बनाउने