यी हुन् बाढी पहिरोबाट बच्ने उपाय « Khabarhub

यी हुन् बाढी पहिरोबाट बच्ने उपाय


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मनसुन सुरु हुनासाथ देशका विभिन्न स्थानमा बाढी पहिरो जाने र भौतिक तथा मानवीय क्षति पुर्‍याउने गर्छ ।

विशेष गरी नदी तटीय क्षेत्रका बासिन्दाको जनजीवन कष्टकर बनेको छ । बाढीले वर्षेनि तराइका सयौँ घर डुबानमा परेका छन् भने पहाडमा पनि पहिरोले घर बगाएर धेरै परिवार विस्थापित भइरहेका छन् ।

पहाडका कतिपय क्षेत्रमा घर पहिरोले बगाउँदा धेरै मानिसले ज्यान गुमाइरहेका छन् भने कति बेपत्ता पनि छन् ।

बाढी र पहिरोबाट बच्नका लागि यी कुरामा ध्यान दिनुहोस् :

वर्खायाममा नदी तटीय क्षेत्रमा बस्न हुँदैन ।

गाउँमा बाढी आएको समय होचो भूभागमा जानुहुदैँन ।

बाढी आइरहँदा आसपासका क्षेत्रमा आवतजावत गर्नु हुदैँन ।

बाढी पूर्वानुमान शाखाको पैसा नलाग्ने नम्बर ११५५ मा फोन गरेर कता बाढी जाँदैछ भन्ने बारे जानकार लिन सकिन्छ ।

मनसुन सुरु भएसँगै जल तथा मौसम पूर्वानुमान महाशाखाले मौसमी अपडेट गरिरहेको हुन्छ, सम्भव भएसम्म त्यो सूचना नियमित हेर्न र सुन्न आवश्यक छ ।

सञ्चारमाध्यम आएका ती सूचनालाइ आधार बनाएर सर्तकता अपनाउनुपर्छ ।

यी त भए तराइ तथा समथर भूभागमा आउने बाढी तथा डुबानबाट बच्ने उपायहरु ।

पहाडका क्षेत्रमा वर्षेनि आइरहने पहिरोबाट पनि बच्न सकिन्छ त्यसका लागि अग्रीम सर्तकता अपनाउन सकिन्छ । यी हुन् पहिरोबाट बच्ने उपायहरुः

ठूलो पानी परेपछि जमिन कमजोर हुने भएकाले भिरालो जमिनमा बस्दा उच्च सतर्कता अपनाउनुपर्छ ।

एक पटक पहिरो गएको स्थानमा पुनः बसोवास गर्नु हुदैँन ।

पहिरोले घर बगाउँदा भौतिक सँगै मानवीय क्षति पनि हुने भएकाले २४ औँ घण्टा पानी परिरहँदा सकेसम्म घरभित्र बस्नुहुदैँन ।

पहाडका धेरै स्थानमा प्रायजसो रातीको समय पहिरो जाने हुँदा घरमा बस्दा परिवारका सदस्य समुहमा बस्ने र समुहमा बस्दा एकअर्कालाइ सहयोग मिल्ने हुन्छ ।

सम्भव भएसम्म सञ्चार माध्यम र सूचना प्रवाह गर्ने निकायसँग नियमित सम्पर्कमा बस्नुपर्छ । यसले उद्धार सँगै राहत विरणमा समेत सघाउ पुर्या‍उँछ ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  ११ : २० बजे

प्रदेश बजेटमा कञ्चनपुरको खेलकुद : मिनी स्टेडियम, इन्डोर क्रिकेट हल निर्माण

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८३-८४ को बजेटमा कञ्चनपुरको

पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध

लमजुङ– पहिरोले लमजुङ-मनाङ जोड्ने सडक बेँसीसहर-चामे सडक अवरुद्ध भएको छ

‘हाइड्रो हब’ बन्दै अन्नपूर्ण : जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो

म्याग्दी– अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको उदीयमान ‘हाइड्रो हब’का

हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण

दमौली– परम्परागत कृषि प्रणालीको संरक्षण तथा किसानलाई खेतीपातीप्रति थप प्रोत्साहित

मेसीका बुबा जर्ज अस्वस्थ, अफवाहको पछि नलाग्न परिवारको आग्रह

काठमाडौँ – विश्वप्रसिद्ध फुटबलर लियोनेल मेसीका बुबा जर्ज मेसी स्वास्थ्य