यी हुन् बाढी पहिरोबाट बच्ने उपाय | Khabarhub Khabarhub

यी हुन् बाढी पहिरोबाट बच्ने उपाय


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मनसुन सुरु हुनासाथ देशका विभिन्न स्थानमा बाढी पहिरो जाने र भौतिक तथा मानवीय क्षति पुर्‍याउने गर्छ ।

विशेष गरी नदी तटीय क्षेत्रका बासिन्दाको जनजीवन कष्टकर बनेको छ । बाढीले वर्षेनि तराइका सयौँ घर डुबानमा परेका छन् भने पहाडमा पनि पहिरोले घर बगाएर धेरै परिवार विस्थापित भइरहेका छन् ।

पहाडका कतिपय क्षेत्रमा घर पहिरोले बगाउँदा धेरै मानिसले ज्यान गुमाइरहेका छन् भने कति बेपत्ता पनि छन् ।

बाढी र पहिरोबाट बच्नका लागि यी कुरामा ध्यान दिनुहोस् :

वर्खायाममा नदी तटीय क्षेत्रमा बस्न हुँदैन ।

गाउँमा बाढी आएको समय होचो भूभागमा जानुहुदैँन ।

बाढी आइरहँदा आसपासका क्षेत्रमा आवतजावत गर्नु हुदैँन ।

बाढी पूर्वानुमान शाखाको पैसा नलाग्ने नम्बर ११५५ मा फोन गरेर कता बाढी जाँदैछ भन्ने बारे जानकार लिन सकिन्छ ।

मनसुन सुरु भएसँगै जल तथा मौसम पूर्वानुमान महाशाखाले मौसमी अपडेट गरिरहेको हुन्छ, सम्भव भएसम्म त्यो सूचना नियमित हेर्न र सुन्न आवश्यक छ ।

सञ्चारमाध्यम आएका ती सूचनालाइ आधार बनाएर सर्तकता अपनाउनुपर्छ ।

यी त भए तराइ तथा समथर भूभागमा आउने बाढी तथा डुबानबाट बच्ने उपायहरु ।

पहाडका क्षेत्रमा वर्षेनि आइरहने पहिरोबाट पनि बच्न सकिन्छ त्यसका लागि अग्रीम सर्तकता अपनाउन सकिन्छ । यी हुन् पहिरोबाट बच्ने उपायहरुः

ठूलो पानी परेपछि जमिन कमजोर हुने भएकाले भिरालो जमिनमा बस्दा उच्च सतर्कता अपनाउनुपर्छ ।

एक पटक पहिरो गएको स्थानमा पुनः बसोवास गर्नु हुदैँन ।

पहिरोले घर बगाउँदा भौतिक सँगै मानवीय क्षति पनि हुने भएकाले २४ औँ घण्टा पानी परिरहँदा सकेसम्म घरभित्र बस्नुहुदैँन ।

पहाडका धेरै स्थानमा प्रायजसो रातीको समय पहिरो जाने हुँदा घरमा बस्दा परिवारका सदस्य समुहमा बस्ने र समुहमा बस्दा एकअर्कालाइ सहयोग मिल्ने हुन्छ ।

सम्भव भएसम्म सञ्चार माध्यम र सूचना प्रवाह गर्ने निकायसँग नियमित सम्पर्कमा बस्नुपर्छ । यसले उद्धार सँगै राहत विरणमा समेत सघाउ पुर्या‍उँछ ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  ११ : २० बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं