सीमा क्षेत्रको विकास र व्यापार प्रवर्द्धन व्यवस्थित बनाइने छ : प्रधानमन्त्री | Khabarhub Khabarhub

सीमा क्षेत्रको विकास र व्यापार प्रवर्द्धन व्यवस्थित बनाइने छ : प्रधानमन्त्री


२७ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी दिनमा  कूटनीतिक माध्यमबाट सीमा क्षेत्रको विकास र व्यापार प्रवद्र्धन व्यवस्थित बनाइने बताएका छन् ।

नेपाल हिमालय सीमापार वाणिज्य सङ्घको २४औँ साधारणसभाको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्रीले व्यापार प्रवद्र्धनका लागि आवश्यक पर्ने पूर्वाधार तयार गर्नुपर्ने विषयमा आफू जानकार रहेको बताए । 

आफूले तेस्रोपटक सरकारको नेतृत्व गरेपछि नेपाल–चीनबीचको अन्तरदेशीय र व्यापारिक नाका सञ्चालनलाई विशेष ध्यान दिएको उल्लेख गर्दै उनले तातोपानीलगायत उत्तरी क्षेत्रका नाकामा आवातजावात र आर्थिक क्रियाकलापमा सहजता आएको बताए ।

प्रधानमन्त्रीले गत असोजमा सम्पन्न आफ्नो चीन भ्रमणका क्रममा सीमा क्षेत्रको विकास, त्यहाँका स्थानीय बासिन्दाका समस्या, चीन सरकारका तर्फबाट निर्वाह गर्नुपर्ने भूमिका र चिनियाँ सहयोगका बारेमा पर्याप्त छलफल भएको जानकारी दिए।

‘चीन भ्रमणका क्रममा मैले नेपाल–चीनको संयुक्त प्रयासबाट यस क्षेत्रको विकासमा निर्वाह गर्नुपर्ने भूमिकाबारे गहन छलफल गरेको थिएँ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यस ऐतिहासिक भ्रमणका क्रममा नेपालको उत्तरी पहाडी क्षेत्रका लागि उत्पादन र जीवित सामग्रीको प्रमाणपत्र हस्तान्तरणका विषयमा छलफल भएको छ । यसले सीमापार व्यापार प्रवर्द्धनका क्षेत्रमा गुणात्मक अर्थ राख्छ ।’

विसं २०५५ मा तातोपानी व्यापार सहयोग सङ्घका नामबाट एउटा सानो कोठामा स्थापना भएको संस्था हाल नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका रुपमा परिणत भई चीनसँग व्यापार गर्ने साथीहरुको छाता सङ्गठनका रुपमा विकसित र विस्तारित भएको हो ।

हाल एक हजार दुईजना सक्रिय सदस्य आबद्ध रहेको यस संस्थामा चीनबाट आयात गर्ने र चीनमा निकासी गर्ने धेरै व्यापारी व्यवसायी क्रियाशील छन् । संस्थाका सम्पर्क युनिट उत्तरी भन्सार नाका तातोपानी र रसुवामा रही सीमापार व्यापार व्यवस्थापनमा खेलेको भूमिका महत्वपूर्ण रहेको प्रधानमन्त्रीको भनाइ छ ।

यस संस्थाले चीनसँगको व्यापार उत्तरी नाकाबाट गराउन उत्तरी क्षेत्रमा आएका प्राकृतिक प्रकोप, बाढी पहिरो तथा कोरोना महामारीका समयमा विभिन्न सहयोगात्मक कार्यहरू गरी आयात–निर्यात अविछिन्न रुपमा गर्न सहयोग गरिरहेको उनले बताए। 

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  १२ : २७ बजे

स्थानीय सरकारको सञ्चार नीतिसम्बन्धी अन्तरक्रिया सम्पन्न

काठमाडौं– बूढानीलकण्ठ नगरपालिकामा आज स्थानीय सरकारको सञ्चार नीतिसम्बन्धी ‘मेयरसँग पत्रकार

बढेन प्रदेशको बजेट, राजस्व परिचालनमा पनि कछुवाकै ताल

काठमाडौं– आइतबार सातै प्रदेशका सरकारले संघीयताको अभ्यासपछि आठौँ बजेट ल्याएका

विनियोजन विधेयक सर्वसम्मतिले स्वीकृत

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नाराबाजीका बीच ‘विनियोजन विधेयक

सुन-हिरामा लगाइएको करविरुद्ध व्यवसायीको आपत्ति, २५ लाख व्यक्ति प्रभावित हुने 

काठमाडौं– नेपाल रत्न तथा आभूषण सङ्घले सरकारले आर्थिक वर्ष २०८२/८३