गोरखा पत्रकार समाजको नयाँ नेतृत्व चयन | Khabarhub Khabarhub

गोरखा पत्रकार समाजको नयाँ नेतृत्व चयन


२७ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गोरखा घर भइ काठमाडौंमा बसेर पत्रकारिता गरिरहेका पत्रकारहरूको संस्था गोरखा पत्रकार समाजको पहिलो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ। आज भएको अधिवेशनले पत्रकार प्रदिपराज वन्तको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो।

समाजको उपाध्यक्ष देवराज गुरुङ, महिला उपाध्यक्षमा मञ्जिमा ढकाल, सचिवमा शोबिता रिसाल, सहसचिवमा सन्तोष अधिकारी तथा कोषाध्यक्षमा अर्जुन पन्त निर्वाचित भएका छन्।

यस्तै सुदिप कैनी, लिलाधर कोइराला, राधा रोकाहा, उत्सव वि.क तथा मोहसिन अलि मिया कार्यसमिति सदस्य चयन भएका छन्। आजको अधिवेशनले सर्वसम्मत रुपमा कार्यसमिति चयन गरेको निर्वाचन समितिका संयोजक रामजी दाहालले जानकारी दिए।

नव निर्वाचित कार्यसमितिको आजै बसेको बैठकले बरिष्ठ पत्रकारहरू रामजी दाहाल, खीलाबहादुर भण्डारी तथा सुसिल अर्याललाई पत्रकार समाजको सल्लाहकारमा नियुक्त गर्ने निर्णय पनि गरेको छ।

यस्तै आजको बैठकले गोर्खाली पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि गम्भिर रूपमा लाग्ने तथा गोरखाका सुन्दर पर्यटकीय क्षेत्रहरूको उजागर गर्नको लागि मद्दत गर्ने निर्णय गरेको छ।

यसअघि कार्यक्रममा शुभकामना मन्तव्य राख्दै बरिष्ठ पत्रकार दाहालले एकताबद्ध  भएर काम गर्न सके संस्थाले गोर्खाका पत्रकारहरूको लागि धेरै योगदान पुर्‍याउन सक्ने धारणा राखेका थिए। 

अर्का बरिष्ठ पत्रकार सुशील अर्यालले गोर्खाली पत्रकारहरूले गोरखाका ऐतिहासिक, सांस्कृतिक पहिचान स्थापित हुने खालका समाचारहरू खोज्ने तथा लेख्नुपर्नेमा जोड दिए।

गोरखाका अग्रज पत्रकारहरू बद्री पोखरेल, भरत ढकाल, विवेक रेग्मी, अमृत दाहाललगायतले गोरखाको समग्र बिकास र गोरखाका पत्रकारहरुको क्षमता अभिबृद्धीमा आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ६ : ४१ बजे

सुप्रिया र मायाले जिते ‘मिस एण्ड मिसेस गुरुङ’को उपाधि

काठमाडौं – ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को उपाधि सुप्रिया गुरुङ

धुलिखेल–सूर्यविनायक सडकमा रोकिएको विस्तार कार्य सुरु

काभ्रेपलाञ्चोक – वर्षाका कारण रोकिएको अरनिको राजमार्गअन्तर्गत सूर्यबिनायक–धुलिखेल सडकखण्डमा स्तरोन्नतिको

उखु किसानलाई अनुदान रकम अविलम्ब भुक्तान गर्नुपर्छः नेपाल

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

प्रदेश आमसञ्चार विधेयकबारे सरोकार भएकाहरूका चासोप्रति गम्भीर छौँ : मुख्यमन्त्री कार्की

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘कोशी प्रदेश आमसञ्चार

राहुल गान्धीको आरोप – भारतमा चुनावको मिति भाजपाले तोक्ने गरेको छ

एजेन्सी – भारतीय कांग्रेसका नेता तथा लोकसभाका प्रमुख प्रतिपक्षी नेता