गोरखा पत्रकार समाजको नयाँ नेतृत्व चयन « Khabarhub

गोरखा पत्रकार समाजको नयाँ नेतृत्व चयन


२७ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गोरखा घर भइ काठमाडौंमा बसेर पत्रकारिता गरिरहेका पत्रकारहरूको संस्था गोरखा पत्रकार समाजको पहिलो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ। आज भएको अधिवेशनले पत्रकार प्रदिपराज वन्तको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो।

समाजको उपाध्यक्ष देवराज गुरुङ, महिला उपाध्यक्षमा मञ्जिमा ढकाल, सचिवमा शोबिता रिसाल, सहसचिवमा सन्तोष अधिकारी तथा कोषाध्यक्षमा अर्जुन पन्त निर्वाचित भएका छन्।

यस्तै सुदिप कैनी, लिलाधर कोइराला, राधा रोकाहा, उत्सव वि.क तथा मोहसिन अलि मिया कार्यसमिति सदस्य चयन भएका छन्। आजको अधिवेशनले सर्वसम्मत रुपमा कार्यसमिति चयन गरेको निर्वाचन समितिका संयोजक रामजी दाहालले जानकारी दिए।

नव निर्वाचित कार्यसमितिको आजै बसेको बैठकले बरिष्ठ पत्रकारहरू रामजी दाहाल, खीलाबहादुर भण्डारी तथा सुसिल अर्याललाई पत्रकार समाजको सल्लाहकारमा नियुक्त गर्ने निर्णय पनि गरेको छ।

यस्तै आजको बैठकले गोर्खाली पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि गम्भिर रूपमा लाग्ने तथा गोरखाका सुन्दर पर्यटकीय क्षेत्रहरूको उजागर गर्नको लागि मद्दत गर्ने निर्णय गरेको छ।

यसअघि कार्यक्रममा शुभकामना मन्तव्य राख्दै बरिष्ठ पत्रकार दाहालले एकताबद्ध  भएर काम गर्न सके संस्थाले गोर्खाका पत्रकारहरूको लागि धेरै योगदान पुर्‍याउन सक्ने धारणा राखेका थिए। 

अर्का बरिष्ठ पत्रकार सुशील अर्यालले गोर्खाली पत्रकारहरूले गोरखाका ऐतिहासिक, सांस्कृतिक पहिचान स्थापित हुने खालका समाचारहरू खोज्ने तथा लेख्नुपर्नेमा जोड दिए।

गोरखाका अग्रज पत्रकारहरू बद्री पोखरेल, भरत ढकाल, विवेक रेग्मी, अमृत दाहाललगायतले गोरखाको समग्र बिकास र गोरखाका पत्रकारहरुको क्षमता अभिबृद्धीमा आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ६ : ४१ बजे

जलवायुजन्य विपतका प्रभावितलाई न्यायको माग गर्दै वसन्तपुरमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– जलवायु परिवर्तनका कारण बढ्दो विपद् र जलवायु न्यायको माग

नेपाली कांग्रेसको महाधिवेशनमा केन्द्रीय कार्यसमितिको मनोनयन दर्ता सोमबार हुने

काठमाडौं- नेपाली कांग्रेसको आगामी १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको कूटनीतिलाई राष्ट्रिय आर्थिक हित र

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै

काठमाडौं– रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी-वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

काठमाडौं– शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा