हालान्ड चम्किदा म्यान्चेस्टर सिटीको शानदार जित « Khabarhub

हालान्ड चम्किदा म्यान्चेस्टर सिटीको शानदार जित


२७ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्लिस प्रिमियर लिगमा एभर्टनलाई हराउँदै म्यानसेस्टर सिटी शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार भएको खेलमा एभर्टनलाई २–० गोल अन्तरले पराजित गर्दै सिटी शीर्ष स्थानमा उक्लिएको हो । सिटीको जितमा दुई गोल नै अर्लिङ हालान्डले गरे । चोटका कारण डिसेम्बर र जनवरी महिनामा मैदान बाहिर रहेका हालान्ड भर्खर मात्र टोलीमा फर्किएका हुन् ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सिटीका लागि हालान्डले ७१ औँ मिनेटमा गोल गरे । त्यस्तै ८५ औँ मिनेटमा केभिन डी ब्रुयनाको पासमा हालान्डले दोस्रो गोल गर्दै सिटीलाई २–० को गोल अन्तरले जिताए ।

जितसँगै २३ खेलबाट ५२ अंक बटुलेको सिटी शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट ५१ अङ्क जोडेको लिभरपुल दोस्रो स्थानमा छ । १८ खेलमा १९ अंक जोडेको एभर्टन भने १८ औं स्थानमा छ ।

 

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ९ : ०४ बजे

मानव अधिकारको पूर्ण कार्यान्वयन गर्नु अपरिहार्य आवश्यकता : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

सार्कको ४०औँ वार्षिकोत्सव मनाइयो 

काठमाडौं– दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को बडापत्रमा हस्ताक्षर गरेको

च्याम्पियन्स लिग : एटलान्टासँग चेल्सी पराजित

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सी पराजित

पूर्व–पश्चिम राजमार्ग विस्तार गर्न ६ हजार रुख काटिने

महोत्तरी– पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि महोत्तरी जिल्लामा ६ हजार २७

च्याम्पियन्स लिग लिभरपुलको रोमाञ्चक जित

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा लिभुरपुलले इन्टर