हालान्ड चम्किदा म्यान्चेस्टर सिटीको शानदार जित « Khabarhub

हालान्ड चम्किदा म्यान्चेस्टर सिटीको शानदार जित


२७ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्लिस प्रिमियर लिगमा एभर्टनलाई हराउँदै म्यानसेस्टर सिटी शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार भएको खेलमा एभर्टनलाई २–० गोल अन्तरले पराजित गर्दै सिटी शीर्ष स्थानमा उक्लिएको हो । सिटीको जितमा दुई गोल नै अर्लिङ हालान्डले गरे । चोटका कारण डिसेम्बर र जनवरी महिनामा मैदान बाहिर रहेका हालान्ड भर्खर मात्र टोलीमा फर्किएका हुन् ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सिटीका लागि हालान्डले ७१ औँ मिनेटमा गोल गरे । त्यस्तै ८५ औँ मिनेटमा केभिन डी ब्रुयनाको पासमा हालान्डले दोस्रो गोल गर्दै सिटीलाई २–० को गोल अन्तरले जिताए ।

जितसँगै २३ खेलबाट ५२ अंक बटुलेको सिटी शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट ५१ अङ्क जोडेको लिभरपुल दोस्रो स्थानमा छ । १८ खेलमा १९ अंक जोडेको एभर्टन भने १८ औं स्थानमा छ ।

 

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ९ : ०४ बजे

अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल

तेहरान – अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको

मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै

हुम्ला – पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट

दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना

कैलाली – धनगढी उपमहानगरपालिका–१४, फुलबारी एचगाउँकी महिला उद्यमी भावना पुलामी

पूर्णबहादुर र शेखरले गगनसँग खोजेको के हो ?

काठमाडौँ– दुई समूहको विवाद भुसको आगो झैँ सल्किरहेका बेला केही