पार्टी कमिटी चुस्त बनाउन माओवादी नेताको ध्यानाकर्षण « Khabarhub

पार्टी कमिटी चुस्त बनाउन माओवादी नेताको ध्यानाकर्षण


२७ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्यहरुले पार्टीलाई व्यवस्थित रुपमा सञ्चालन गर्न सानो आकारका कमिटी बनाइनुपर्नेमा जोड दिएका छन् ।

पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकमा प्रस्तावित विधान मस्यौदामाथि धारणा राख्दै सदस्यहरुले केन्द्रीय समिति एक सय ५१ सदस्यीय बनाउन उपयुक्त हुने बताएको सो पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

बैठकमा धारणा राख्ने अधिकांश सदस्यले विधानको प्रस्तावनामा समाजवाद उन्मुख विचारधाराको अवधारणा समेट्न र समाजवादी मूल्य–मान्यता स्थापित गर्न त्यही अनुसारको मापदण्ड बनाइनुपर्नेमा जोड दिएका थिए । प्रस्तावित मस्यौदामाथि आज २९ जनाले धारणा राख्नुभएको उनले जानकारी दिए ।

माओवादी केन्द्रले आगामी फागुन १, २ र ३ गते राजधानीमा विधान सम्मेलन गर्दैछ । विधानको मस्यौदाका लागि माओवादीले उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरेको थियो । उक्त समितिले प्रस्ताव गरेको विधानमाथि माओवादीको स्थायी समिति बैठकमा छलफल भएको हो ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  १० : १५ बजे

गण्डकी प्रदेशको बजेट ३२ अर्ब ९९ करोड ९९ लाख

काठमाडौं– गण्डकी प्रदेशले आगामी आर्थिक वर्षको लागि ३२ अर्ब ९९

कुमारी बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२६’ मा प्लाटीनम विजेता, अन्तर्राष्ट्रिय नवप्रवर्तनमा सम्मान

काठमाडौं– कुमारी बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘इन्फोसिस फिनाकल इनोभेसन

गण्डकी प्रदेशले करारका कर्मचारीलाई स्थायी सरह महँगी भत्ता दिने

काठमाडौं– गण्डकी प्रदेश सरकारले करारका कर्मचारीलाई महँगी भत्ता दिने भएको

लेनदेन क्लबका सह-संस्थापक कार्की : खोटाङको गाउँदेखि भारतको फिनटेक सफलतासम्म

काठमाडौँ- भारतको प्रमुख पियर-टु-पियर लेन्डिङ प्लेटफर्म ‘लेनदेनक्लब’ का सह-संस्थापक दीपेश

रुसी हवाई आक्रमणमा खार्किभका पाँच उद्धारकर्मीको मृत्यु

किएभ– युक्रेनमाथि रुसले सोमबार गरेको व्यापक हवाई आक्रमणमा पूर्वी सहर खार्किभमा