पार्टी कमिटी चुस्त बनाउन माओवादी नेताको ध्यानाकर्षण « Khabarhub

पार्टी कमिटी चुस्त बनाउन माओवादी नेताको ध्यानाकर्षण


२७ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्यहरुले पार्टीलाई व्यवस्थित रुपमा सञ्चालन गर्न सानो आकारका कमिटी बनाइनुपर्नेमा जोड दिएका छन् ।

पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकमा प्रस्तावित विधान मस्यौदामाथि धारणा राख्दै सदस्यहरुले केन्द्रीय समिति एक सय ५१ सदस्यीय बनाउन उपयुक्त हुने बताएको सो पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

बैठकमा धारणा राख्ने अधिकांश सदस्यले विधानको प्रस्तावनामा समाजवाद उन्मुख विचारधाराको अवधारणा समेट्न र समाजवादी मूल्य–मान्यता स्थापित गर्न त्यही अनुसारको मापदण्ड बनाइनुपर्नेमा जोड दिएका थिए । प्रस्तावित मस्यौदामाथि आज २९ जनाले धारणा राख्नुभएको उनले जानकारी दिए ।

माओवादी केन्द्रले आगामी फागुन १, २ र ३ गते राजधानीमा विधान सम्मेलन गर्दैछ । विधानको मस्यौदाका लागि माओवादीले उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरेको थियो । उक्त समितिले प्रस्ताव गरेको विधानमाथि माओवादीको स्थायी समिति बैठकमा छलफल भएको हो ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  १० : १५ बजे

स्वस्थानीका व्रतालु परदेश यात्रामा, पशुपतिमा पूजा (तस्बिरहरू)

काठमाडौं– एक महिने स्वस्थानी व्रत अनुसार व्रतालुहरूले परदेश यात्रा अन्तर्गत

गगन र निर्वाचन आयोगविरुद्ध मुद्दा लिएर सर्वोच्चमा देउवा पक्ष

काठमाडौं- दोस्रो विशेष महाधिवेशनबाट सभापति गगन थापा र निर्वाचन आयोगविरुद्ध

नेपालगन्जमा चौथो मःम महोत्सव सुरु

नेपालगन्ज– विभिन्न दुई सय प्रकारका मःमको स्वाद प्राप्त गर्ने गरी

सिंहदरबारमा बस्यो राष्ट्रियसभा बैठक (तस्बिरहरू)

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलपछि

सुनको मूल्य निरन्तर बढ्दो, तोलामा दुई लाख ७७ हजार नाघ्यो

काठमाडौं– विवाहको याम सुरु भएसँगै सुनको मूल्य निरन्तर बढिरहेको छ