एक लाख बढी बाख्रालाई पिपीआरविरुद्वको खोप लगाइँदै « Khabarhub

एक लाख बढी बाख्रालाई पिपीआरविरुद्वको खोप लगाइँदै


२७ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

दैलेख । दैलेखमा एक लाखभन्दा बढी भेडाबाख्रालाई पिपीआरविरुद्वको खोप लगाइने भएको छ ।

भेडाबाख्रामा लाग्ने पिपीआर रोग नियन्त्रण तथा रोकथाम गर्ने उद्देश्यले जिल्लाभरिका सबै बाख्रालाई निःशुल्क खोप लगाइने भएको हो ।

जिल्लाका करिब एक लाख १६ हजारभन्दा बढी भेडाबाख्रालाई पिपीआरविरुद्धको खोप लगाइने पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखका कार्यालय प्रमुख भीमबहादुर विष्टले बताए।

जिल्लाका ११ वटै स्थानीय तहमा उक्त सङ्ख्यामा पिपीआरविरुद्धको खोप लगाउन सुरु गरिएको उनले जानकारी दिए ।

जिल्लामा यो अभियानलाई दुल्लु नगरपालिका–१ बाट खोप अभियान सुरु गरिएको कार्यालय प्रमुख विष्टले बताए । दैलेखका ११ वटै पालिकामा दुई लाख ५० हजार बाख्रा रहेको उनले जानकारी दिए ।

उनले जिल्लामा पर्याप्त मात्रामा खोप नभए पनि करिब आधा सङ्ख्या एक लाख १६ हजार बाख्रालाई पिपीआर खोप, करिब ४० हजार बढी कुखुरालाई रानीखेत खोप र बङ्गुरलाई स्वाइन फिभर खोप लगाउने लक्ष्य तय गरिएको बताए ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  १० : ३४ बजे

सेतो मच्छेन्द्रनाथको रथ निर्माण गरिँदै

काठमाडौं– दरबारमार्गस्थित तीनधारा पाठशालाबाट चैते दशैँका दिन सुरु हुने वर्षा र

आठ महिनामा करिब ११ खर्ब व्यापार घाटा

काठमाडौं– चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले

दोधारा चादँनी सुक्खा बन्दरगाहको भौतिक प्रगति चार प्रतिशत

महेन्द्रनगर– कञ्चनपुरको दोधारा चादँनीमा सुक्खा बन्दरगाह निर्माण तीव्र गतिमा भइरहेको छ

नतान्जको बदला : इजरायली परमाणु केन्द्रमा इरानको मिसाइल आक्रमण

तेलअभिभ- इरानले इजरायलको दक्षिणी सहर डिमोनास्थित परमाणु केन्द्रलाई लक्षित गर्दै

चुनावी हारले फुटतिर कांग्रेस : देउवा पक्षले थाल्यो अलग्गै तयारी, पन्ध्रौँ महाधिवेशन मिति घोषणा गर्दै

काठमाडौं- नेपाली कांग्रेसको चौधौं महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेर्तत्वको केन्द्रीय