पत्रकारद्वय कुवँर र भट्टको रिहाइको माग « Khabarhub

पत्रकारद्वय कुवँर र भट्टको रिहाइको माग


२७ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर । कञ्चनपुरका पक्राउ परेका दुई जना पत्रकारको रिहाइको माग गरिएको छ । नेपाल पत्रकार महासङ्घ कञ्चनपुर शाखाले आज प्रेस विज्ञप्ति जारी गर्दै पत्रकारद्वय ऐश्वर्या कुँवर र पुष्कर भट्टको रिहाइको माग गरेको हो ।

उनीहरुविरुद्ध प्रहरीले विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ को दुरुपयोग गरी ‘विद्युतीय कारोबार कसुर’अन्तर्गत मुद्दा चलाई पक्राउ गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको महासङ्घ शाखा कञ्चनपुरका सचिव राजेन्द्रप्रसाद अबस्थीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

नेकपा कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सुदूरपश्चिम प्रदेशसभा सदस्य ओमविक्रम भाटले पनि प्रहरी हिरासतमा राखिएका दुवै जना पत्रकारलाई थुनामुक्त गर्न माग गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले व्यक्तिगत फेसबुक पेज तथा म्यासेन्जरलगायत सामाजिक सञ्जालमा व्यक्तिगत चरित्रहत्या गरेको भन्ने विषयमा परिवर्तित नाम थर कञ्चनपुर ७५ (५०) बाट विद्युतीय कारोबारसम्बन्धी शीर्षकमा जाहेरी दर्ता भएकाले दुवै जनालाई अदालतको अनुमतिअनुसार आज पक्राउ गरिएको जनाएको छ । प्रहरीले कुँवरलाई सुकासाल र भट्टलाई गड्डाचौकीबाट आज पक्राउ गरेको जनाएको छ ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ११ : २६ बजे

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ