‘राष्ट्रिय मुक्तक पुरस्कार’ उषा शेरचनलाई « Khabarhub

‘राष्ट्रिय मुक्तक पुरस्कार’ उषा शेरचनलाई


२८ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

गण्डकी–  मुक्तक मञ्च पोखरामा स्थापित ‘राष्ट्रिय मुक्तक पुरस्कार– २०८०’ साहित्यकार उषा शेरचनलाई अर्पण गरिएको छ । ३३ हजार तीन सय ३३ रुपैयाँ राशिको सो पुरस्कार शनिबार आयोजित समारोहमा कलाकार दुर्गा बराल ‘वात्सायन’, साहित्यकार सरुभक्तलगायतले संयुक्तरूपमा शेरचनलाई हस्तान्तरण गरे ।

पोखरेली साहित्यकार अल्पविरामले स्थापना गरेको उक्त पुरस्कार छैटौँपटकमा साहित्यकार शेरचनलाई प्रदान गरिएको हो । मुक्तक विधाको उन्नयनमा सिर्जनात्मक योगदान पुर्‍याएबापत उनलाई पुरस्कृत गरिएको मञ्चका अध्यक्ष रामजीप्रसाद आचार्यले जानकारी दिए ।

शेरचनका मुक्तकसहित, कविता, गीत, कथा, उपन्यासलगायतका विधामा कृति र फुटकर रचना प्रकाशित छन् ।

मञ्चले यसअघि उक्त पुरस्कार साहित्यकार सरुभक्त, चेतन कार्की, तेजनाथ घिमिरे, रत्नशम्शेर थापालगायतलाई प्रदान गरिसकेको छ ।

विसं २०६८ देखि हरेक दुई वर्षको अन्तरमा उक्त पुरस्कार प्रदान गर्ने गरिएको अध्यक्ष आचार्यले बताए । मुक्तकको उत्थानमा मञ्च क्रियाशील रहँदै आएको छ ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ८ : ५३ बजे

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण

अवैध रूपमा विदेशी मुद्रा लुकाएको आरोपमा तीन बंगलादेशी पक्राउ

ललितपुर – अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले