टानले संयुक्तरूपमा ल्होसार कार्यक्रम मनाउने « Khabarhub

टानले संयुक्तरूपमा ल्होसार कार्यक्रम मनाउने


२८ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पर्वतीय पदयात्रा व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान)ले संयुक्तरूपमा ल्होसार कार्यक्रम मनाउने भएको छ ।

पर्वतीय पदयात्रा व्यवसायमा गुरुङ, तामाङ, शेर्पा, हेल्मोलगायत समुदायको बाहुल्यता रहेको टानले चार वर्षपछि यस वर्ष आगामी फागुन ४ गते संयुक्तरूपमा ल्होसार कार्यक्रम मनाउन लागेको हो ।

टानका द्वितीय उपाध्यक्ष एवं ल्होसार कार्यक्रमका संयोजक धनबहादुर गुरुङले आपसमा मनोरञ्जन र खुसी साटासाट गरी ल्होसार पर्व विगत चारवर्षदेखि मनाउँदै आइरहेको जानकारी दिए । ‘कोरोना महामारीका कारण चार वर्ष रोकिएको ल्होसारलाई हामीले अहिलेदेखि पुनः निरन्तरता दिन लागेका छौँ’, उनले भने ।

ल्होसारको अवसरमा सांस्कृतिक कार्यक्रमसमेत हुने जनाइएको छ । टानले ल्होसार कार्यक्रमलाई सम्पन्न गर्नका लागि टानका द्वितीय उपाध्यक्ष एव नयाँ पदमार्ग खोज अन्वेषण तथा अध्ययन समितिका संयोजक गुरुङको संयोजकत्वमा कार्यसमितिका सहकोषाध्यक्ष छिरिङदोर्चे शेर्पा, सदस्य कुमार लामा, लाक्पा शेर्पा र कृष्णबहादुर परियार रहेको समितिसमेत निर्माण गरेको छ ।

टानले यस वर्षको ल्होसार कार्यक्रममा २५ लाखभन्दा बढी खर्च हुने अनुमान गरेको छ ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  १० : ०३ बजे

एसियाली खेलकुदमा नेपाली खेलाडीले बनाए निराश, कराँते र उसूका सबैजसो खेलाडी पराजित

नागोया- जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुदमा आइतबार नेपालका पदकका

उमेर र तौलको ट्रोलिङमा सलमानको जवाफ : कपडा फुकाल्दै भने- ‘कर लो ट्रोलिङ’

काठमाडौं– बलिउड अभिनेता सलमान खान आफ्नो उमेर, तौल, रूप र

दोलखा कांग्रेसको वडा अधिवेशन : ६० वडामा सम्पन्न, १४ वडाको नतिजा आउन बाँकी

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोलखाका नौवटा स्थानीय तहका ७४

केही नेताले शेरबहादुर दाइलाई अल्मल्याए : महालक्ष्मी उपाध्याय ‘डिना’

काठमाडौं- पूर्वसभापति शेरबहादुर देउवाको साथ छोडेर केही दिनअघि नेपाली कांग्रेसको

अमेरिका-इरान तनाव फेरि बढ्दै, भ्रमण छोट्याएर ह्वाइट हाउस फर्किए ट्रम्प, नागरिकलाई सतर्क रहन आग्रह

वासिङ्टन- मध्यपूर्वमा अमेरिका र इरानबीच फेरि तनाव बढेको देखिएको छ।