एसीसी प्रिमियर कप : नेपालको लगातार दोस्रो जित « Khabarhub

एसीसी प्रिमियर कप : नेपालको लगातार दोस्रो जित


२८ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


582
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले लगातार दोस्रो जित निकालेको छ । मलेसियाको बायोमास ओभलमा आज भएको खेलमा भुटानलाई ८ विकेटले हराउँदै नेपालले दोस्रो जित निकालेको हो ।

भुटानले जितका लागि दिएको ६६ रनको लक्ष्य नेपालले ११ ओभर ५ बलमा दुई विकेट गुमाएर पूरा गर्‍याे ।

नेपालका लागि सीता रानामगरले ३२, रुबिना क्षेत्रीले १७ रन बनाए । त्यसअघि कविता कुँवर ५ र इन्दु वर्मा १ रनमा आउट भएका थिए ।

भुटानकी अन्जु गुरुङ र अन्जुली घलेले एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भुटानले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा ६५ रन बनाएको थियो । भुटानकी नवाङ छोडेनले २५, कप्तान डिचेन वाङ्गमोले १७ र छिङि जाङ्गमोले १६ रन बनाए ।

नेपालकी कविता कुँवर, सीता रानामगर, कविता जोशी र कप्तान इन्दु बर्माले एक–एक विकेट लिए ।

नेपालले अब समूह चरणको अन्तिम खेल मंगलबार माल्दिभ्ससँग खेल्नेछ ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  १० : २३ बजे

महाकालीको बाढीले दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल बगायो

काठमाडौँ – महाकाली नदीमा आएको भीषण बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका

यस्ता छन् क्रिकेट इतिहासका ५ ठूला काण्ड

काठमाडौँ – नेपाली क्रिकेट टोली अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति बलियो

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर

बागलुङमा बाढीपहिरो : ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङ– यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका