सीएनएन भन्छ- रुसी सेनामा १५ हजार नेपाली भर्ती भएका छन् « Khabarhub

सीएनएन भन्छ- रुसी सेनामा १५ हजार नेपाली भर्ती भएका छन्


२८ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी टेलिभिजन च्यानल न्युज नेटवर्क सीएनएनले १५ हजार नेपाली रुसी सेनामा भर्ती भएको जनाएको छ । आइतबार रिपोर्ट प्रकाशित गर्दै सीएनएनले रुसी सेनामा १५ हजार नेपाली भर्ती भएको जनाएको हो । सुगम पोखरेल, म्याथ्यु चान्स, मिहिर मेलवानी र निशान्त खनालको ‘बाइलाइन’ रहेको रिपोर्टमा विभिन्न स्रोतहरुले १५ हजार नेपाली रुसी सेनामा कार्यरत रहेको भनी उल्लेख गरेको जनाइएको छ ।

रुसी सेनामा कति नेपाली कार्यरत छन् भन्ने जानकारी लिन रुसी विदेश मन्त्रालयमा सम्पर्क गर्दा कुनै प्रतिक्रिया नआएको सीएनएनले जनाएको छ ।

रुसले विदेशी सैनिकलाई भर्ती गर्नका लागि आकर्षक योजना अघि सारेसँगै ठूलो संख्यामा नेपाली रुसी सेनामा भर्ती हुन त्यसतर्फ लागेको बताइएको छ । रुसले अघि सारेको योजनामा प्रतिमहिना २ हजार डलर तलब, छोटो समयमै रुसी पासपोर्टको व्यवस्थाजस्ता कारण र नेपालमा रहेको चरम गरिबी, बेरोजगारीजस्ता कारणले पनि नेपालीहरु रुसी सेनामा भर्ना हुने गरेका छन् ।

रुसी सेनामा कार्यरत रही स्वदेश फर्केका नेपाली युवा र रुसी सेनामा भर्ती भएका नेपालीका परिवार तथा आफन्तहरुसँगको कुराकानीका आधारमा सीएनएनले उक्त रिपोर्ट प्रकाशित गरेको हो । सीएनएनको समाचारमा रुसी सेनामा कार्यरत रही स्वदेश फर्केका नेपाली युवाहरुले आफूहरुलाई छोटो समयको तालिमलगत्तै युद्धमोर्चामा खटाइएको र आफूहरुले युद्धको भीषण अनुभव गरेको सुनाएका छन् ।

रुसी सेनामा कार्यरत रहेका १३ जना नेपालीको युद्धभूमिमा मृत्यु भइसकेको सरकारी भनाइ छ । यद्यपि वास्तविक संख्या अझै धेरै रहेको हुनसक्ने अधिकारकर्मीहरु बताउँछन् । त्यसबाहेक परराष्ट्र मन्त्रालयका अनुसार चार जना नेपाली युद्धबन्दीका रुपमा युक्रेनी सेनाको नियन्त्रणमा छन् ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ९ : ०९ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा