पाकिस्तानको बलोचिस्तानमा गैरन्यायिक हत्याको भिडियो सार्वजनिक « Khabarhub

पाकिस्तानको बलोचिस्तानमा गैरन्यायिक हत्याको भिडियो सार्वजनिक


२७ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानको बलोचिस्तान प्रान्तमा एक जना बलोचको गैरन्यायिक हत्या गरिएको भिडियो सार्वजनिक भएको छ । बलोचिस्तान टाइम्सले सामाजिक सञ्जाल ‘एक्स’ (साबिकको ट्विटर) मार्फत् उक्त भिडियो सार्वजनिक गरेको हो ।

भिडियोमा गैरन्यायिक हत्या गरिएका एक जना बलोचको परिवारलाई प्रहरीले पीडित व्यक्ति लडाकु समूहमा आबद्ध रहेको भन्ने फाराम भराउन बाध्य पारेको देख्न सकिन्छ ।

यसो भएको खण्डमा हत्या गरिएका व्यक्ति लडाकु समूहमा आबद्ध रहेको भन्ने तथ्य स्थापित हुने र हत्याराहरु जोगिने अवस्था आउने भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

पछिल्लो समय पाकिस्तानको बलोचिस्तान प्रान्तमा सुरक्षाकर्मीहरुबाट बलोचविरुद्ध चरम दमन हुँदै आएको बताइन्छ । बलोचिस्तानमा बारम्बार हत्या, अपहरण, जबरजस्ती बेपत्ता, बलात्कारजस्ता घटना बढ्दै गएको छ ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ९ : ४३ बजे

लागुऔषधसहित दुईजना नियन्त्रणमा

वीरगञ्ज– प्रहरीले आज लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।  पर्साको

न्युयोर्क टाइम्स लेख्छ : मिसाइल संकट चुलिएपछि ट्रम्पले इरानमाथिको ठूलो आक्रमण रोके

न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सेनासँग हवाई प्रतिरक्षा मिसाइलको

किभको ड्रोन उत्पादन केन्द्र र ओडेसास्थित सैन्य इन्धन भण्डारमा रुसी आक्रमण

मस्को- रुसले युक्रेनको राजधानी किभस्थित सैन्य-औद्योगिक प्रतिष्ठानहरूमा आक्रमण गरी सयौं

उद्घाटनअघि यस्तो देखियो सुरुङमार्ग र बलम्बु फ्लाइओभर (तस्बिरहरू)

काठमाडौं– काठमाडौं प्रवेशद्वारमा अवस्थित नागढुंगा–सिस्नेखोला सुरुङमार्ग र बलम्बु फ्लाइओभर सडक बत्तीको

युद्धको तनावबीच नेतान्याहू अमेरिका जाँदै

तेलअभिभ- इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सोमबार अमेरिका प्रस्थान गर्ने भएका