दुई ब्याटरले शतक प्रहार गर्दा क्यानाडाविरुद्ध नेपालको शानदार जित « Khabarhub

दुई ब्याटरले शतक प्रहार गर्दा क्यानाडाविरुद्ध नेपालको शानदार जित


२९ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दुई ब्याटरले शतक प्रहार गरेपछि नेपालले क्यानाडाविरुद्ध ९ विकेटको जित हासिल गरेको छ । टीयू मैदानमा भएको खेलमा क्यानाडाले दिएको २ सय ३३ रनको लक्ष्य नेपालले ४४ ओभर ३ बलमा भेट्टायो ।

नेपालका लागि दुई ब्याटरले शतक प्रहार गरे । अनिल साहले १ सय २४ बलमा नट आउट १ सय १२ रन बनाए । उनले १२ चौका र २ छक्का प्रहार गरे । त्यस्तै भीम सार्की पनि १ सय २९ बलमा १ सय १ रन बनाउँदै अनआउट रहे ।

उनले ११ चौका र १ छक्का प्रहार गरेका थिए । अन्तर्राष्ट्रिय एक दिवसयमा दुबैको यो पहिलो शतक हो । त्यसअघि कुशल भुर्तेल १३ रन बनाएर आउट भएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको क्यानाडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ३२ रन बनाएको थियो । क्यानाडाका लागि नवनित धलिवालले ५० र निखिल दत्ताले ४५ रन बनाए । त्यसैगरी साद बिन जफारले ३१ र हर्ष ठाकेरले २९ रनको योगदान गरे ।

आजको खेलबाट डेब्यु गरेका हेमन्त धामी एक्लैले ३ विकेट लिँदा कुशल मल्लले २ विकेट लिएका थिए ।

आजको जितसँगै नेपालले ३ खेलको सिरिज क्लिन स्विप गरेको छ । यसअघि पहिले खेलमा नेपालले ७ रन र दोस्रो खेल ४ विकेटले जितेको थियो ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ४ : ०३ बजे

कालीगण्डकीमा जलसतह कम भएसँगै विद्युत् उत्पादन सुरु गर्ने तयारी

स्याङ्जा– कालीगण्डकी–५ बेल्टारीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि विद्युत् उत्पादन

वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित

हुम्ला– निरन्तर वर्षा एवं हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ

एसियाली खेलकुद : आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा

काठमाडौँ– जापानमा जारी एसियाली खेलकुदअन्तर्गत आज नेपालले टेनिस र एथलेटिक्समा

सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ– सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज

बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद

गण्डकी– कालीगण्डकी नदीमा आइतबार आएको बाढीका कारण धवलागिरि क्षेत्रका पर्वत,