सम्पदा संरक्षणमा सञ्चारकर्मी जागरुक हुनुपर्छ : मन्त्री राई « Khabarhub

सम्पदा संरक्षणमा सञ्चारकर्मी जागरुक हुनुपर्छ : मन्त्री राई


२९ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले स्थानीय सम्पदा संरक्षणमा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोग, आमसञ्चार समितिले आज धरानमा आयोजना गरेको ‘स्थानीय सम्पदा संरक्षणमा सञ्चारकर्मीको भूमिका’ विषयक कार्यशालाका प्रमुख अतिथि मन्त्री राईले देशको विविधता र ओझेलमा परेका सम्पदा संरक्षणका लागि कलम चलाउन पत्रकारहरूलाई आग्रह गरे ।

उनले भने, “प्रविधिमा पनि ज्ञान भएका सञ्चारकर्मी उत्पादन भइरहेका छन् । सञ्चारकर्मीलाई जिम्मेवार, कर्तव्यनिष्ठ बनाउन युनेस्कोको भूमिका पनि महत्वपूर्ण हुन्छ ।”

प्रतिनिधिसभा सदस्य सुशीला श्रेष्ठले स्थानीय संस्कार, संस्कृति संरक्षणका लागि कलम चलाउन आग्रह गरिन् ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ६ : ३४ बजे

एकै सिरियलका दुई कलाकारको डेब्यू निर्देशन : दीपकको ‘परान’ सुपरहिट, अर्जुनको ‘झरीपछिको इन्द्रेणी’ फ्लप

काठमाडौं – टेलिसिरियल ‘सक्किगोनि’बाट चर्चामा आएका दुई कलाकार दीपक आचार्य

सीमान्तकृत समुदायलाई मूलधारमा ल्याउनुपर्छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले तराई मधेसका सीमान्तकृत समुदायलाई मूलधारमा ल्याउन

रूसद्वारा ५२ उपग्रहको सफल प्रक्षेपण

एजेन्सी– रूसको अन्तरिक्ष निकाय रोस्कोसमोसका अनुसार सोमबार सोयुज रकेटमार्फत ५२

थाइल्यान्ड-कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास

एजेन्सी– चीनले दक्षिणपूर्व एसियाली कूटनीतिमा आफ्नो भूमिका थप बलियो बनाउने

अदालतको आदेशपछि दीपेन्द्र अग्रवाल धरौटीमा रिहा

काठमाडौं – सेयर बजारका ठूला लगानीकर्ता दीपेन्द्र अग्रवाललाई हिरासतमा राखेर