अमेरिकाको ओहायो राज्यमा पनि गोली चल्यो, ९ जना मारिए « Khabarhub

अमेरिकाको ओहायो राज्यमा पनि गोली चल्यो, ९ जना मारिए


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकाको ओहायो राज्यमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ९ जनाको ज्यान गएको छ । टेक्सस राज्यको एल पासो शहरमा गोली चल्दा २० जनाको ज्यान गएको केही घण्टा लगत्तै ओहायो राज्यको डेयटन शहरमा बन्दुकधारीले गोली चलाएको हो ।

बन्दुकधारीले डेयटन शहरको एक बार अगाडी गोली चलाउँदा अरु १६ जना घाइते भएको अधिकारीहरुले जनाएका छन् । आइतबार बिहान सवा तीन बजे बन्दुकधारीले जथाभावी गोली चलाएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

प्रहरी अधिकारीले गोलीकाण्डमा बन्दुकधारीको समेत ज्यान गएको जनाएका छन् । अहिले प्रहरीले अवस्थालाई नियन्त्रणमा लिएको र त्यस वरपरका मानिसहरुलाई सतर्क रहन आह्वान गरेको छ । अमेरिकाको संघीय जाँच ब्यूरो एफबीआईले यसबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

बन्दुकधारी उक्त बारभित्र प्रवेश गर्न खोजेको तर बारको भित्रबाट ढोका बन्द गरिएपछि ती व्यक्ति भित्र पस्न नपाएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । आक्रमणको उद्देश्यबारे अनुसन्धान भइरहेको बताइएको छ । बन्दुकधारीको पहिचानबारे कुनै विवरण सार्वजनिक भइसकेको छैन ।

ओहायो राज्यको डेयटनमा गोली चल्नु केही घण्टाअघि मात्र टेक्सस राज्यको एल पासो शहरमा बन्दुकधारीले गोली चलाउँदा २० जना मारिएका थिए । एल पासो शहरमा रहेको वालमार्ट स्टोरमा भएको आक्रमणमा संलग्नलाई भने प्रहरीले नियन्त्रणमा लिएको थियो ।

डेयटनमा भएको घटना र एल पासोमा भएको घटना एक अर्कासँग सम्बन्धित रहे/नरहेको बारे अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  २ : ५१ बजे

तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावितलाई मुआब्जा निर्धारण

तनहुँ– ऋषिङ गाउँपालिका– १ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

बालेन फेरि चुनावी अभियानमा झापामा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन साह

काभ्रेका १३५ वडाबाटै अनलाइनबाट नागरिकता सिफारिस

काभ्रेपलाञ्चोक– गृह मन्त्रालयले लागू गरेको वडा तहबाट अनलाइन नागरिकता सिफारिस

बागलुङको सिगाना बन्यो ‘सुन्तला गाउँ’, भित्रियो चार करोड रुपैयाँ

बागलुङ– बागलुङको सिगाना अर्थात् ‘सुन्तला गाउँ’ । सुन्तला गाउँका रूपमा

भारत र अमेरिकाबीच महत्त्वपूर्ण व्यापारिक सम्झौता : भारतले रुसबाट तेल आयात रोक्ने

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतका प्रधानमन्त्री नरेन्द्र