मधुमेह र उच्च रक्तचापले आँखाको ज्योति पनि गुम्न सक्छ ! « Khabarhub

मधुमेह र उच्च रक्तचापले आँखाको ज्योति पनि गुम्न सक्छ !


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोगजारीका लागि दुबईमा रहेका एक युवालाई उच्च रक्तचाप र मधुमेहको समस्या एकै पटक देखियो । शुरुमा उनले आफ्नो समस्यालाई लुकाएरै काम गरिरहे । विस्तारै उनको आँखाको दृष्टिमा पनि समस्या देखिन थाल्यो । अन्ततः उनी वैदेशिक रोजगारी छाडेर स्वदेश फर्किनुपर्ने अवस्था आयो ।

उच्च रक्तचाप र मधुमेहको समस्या लिएर अस्पताल पुगेका उनलाई अस्पतालले आँखा जचाउँन त्रिपुरेश्वर आँखा अस्पतालमा पठायो । मधुमेह र उच्च रक्तचापका कारण उनको आँखाको पर्दा (रेटिना)मा असर परेर आँखा कम देख्ने भइसकेका रहेछन् ।

अस्पतालका चिकित्सकको सहल्लाहमा उनी अहिले उच्च रक्तचाप, मधुमेह र आँखाको औषधि सबै प्रयोग गरिरहेका छन् ।

‘रोजगारीको लागि दुबईमा थिएँ, मधुमेह र उच्च रक्तचाप भयो, शुरु–शुरुमा त बेवास्ता गरेर काम गरिरहेँ । विस्तारै आँखाले पहिलाजस्तो नदेखेको जस्तो महसुस हुन थाल्यो,’ नाम नबताउँने सर्तमा ती युवाले खबरहबसँग भने, ‘साह्रै गाह्रो हुन थालेपछि कामै छाडेर नेपाल आएँ, मधुमेह र रक्तचापले आँखासमेत बिग्रिन लागिसकेको रहेछ । धन्न बेलैमा अस्पताल आएँ, नत्र आँखै नदेख्ने हुनेरहेछु ।’

यी युवा त प्रतिनिधि पात्र मात्रै हुन् । उनीजस्तै वैदेशिक रोजगारीमा गएका र नेपालमै भएका उच्च रक्तचाप र मधुमेहका धेरै बिरामीहरु आँखाको पर्दामा समस्या भएर नेपाल आँखा अस्पताल उपचारका लागि पुग्छन् ।

उच्च रक्तचाप र मधुमेहका बिरामी बढेसँगै नेपाल आँखा अस्पतालमा रेटिनामा समस्या भएका बिरामीहरुको चाप पनि बढ्दै गएको छ । एक वर्षको अवधिमा ५ हजार मधुमेह र उच्चरक्तचापका बिरामी आँखा परीक्षणका लागि आएको अस्पतालको तथ्यांक छ ।

अस्पतालको रेटिना क्लिनिकमा दैनिक ६० देखि ७० जना बिरामीहरु उपचारका लागि आउँछन् । ती मध्ये ६० प्रतिशत बिरामी मधुमेह र उच्च रक्तचापको बिरामी रहेको अस्पतालका भेट्रो रेटिना सर्जन डाक्टर किरन शाक्य बताउँछन् । त्यसमध्येका आधा बिरामीहरु मधुमेह र उच्च रक्तचापले दृष्टि कम भइसकेपछि उपचारका लागि आउने गरेको डा शाक्यको भनाई छ ।

‘हाम्रो रेटिना क्लिनिकमा आउने बिरामीहरुमा आँखाको पर्दामा समस्या हुनुको प्रमुख कारण मधुमेह र दोस्रो कारण उच्च रक्तचाप रहेको छ,’ डाक्टर शाक्यले भने, ‘पछिल्लो समय मधुमेह र उच्च रक्तचापको बिरामी बढिरहेका छन् । त्यसैले रेटिना क्लिनिकमा रेटिनाका बिरामीहरु बढेका छन् ।’

मधुमेह र उच्च रक्तचापले कसरी बिग्रिन्छ आँखा ?

मानिसको शरीरमा रक्तसञ्चार प्रणाली सञ्चालन गर्ने धमनी र सिरा हुन्छ । मधुमेह र उच्च रक्तचापका बिरामीको सिरा बन्द हुँदा आँखाको पर्दा ( रेटिना) मा रगत जम्मा हुन्छ । जसले गर्दा दृष्टिकेन्द्रमा असर पुग्न गइ बिरामीले आँखा कम देख्ने वा बिरामीको मृत्यु हुने जोखिम नै बढ्ने डा शाक्य बताउँछन् ।
जागरण अझै पुगेको छैन

मधुमेह र उच्च रक्तचापका बिरामीको आँखामा समेत असर पर्ने भएकाले चिकित्सकहरुले त्यस्ता रोगका बिरामीलाई समयमै आँखा परीक्षण गर्न सल्लाह दिने गर्छन् । तर मधुमेह र रक्तचापका धेरै बिरामीहरु आँखा परीक्षण गर्न हेलचेक्राई गर्ने गरेको डा शाक्यको भनाइ छ ।

‘महुमेह र उच्च रक्तचापका बिरामीहरु जति छिटो आँखाको उपचार गर्न आयो त्यति नै दृष्टि बचाउँन सहज हुन्छ,’ डा शाक्यले भने, ‘आँखाको स्वास्थ्यलाई बेवास्ता गर्दा पछि जीवनभर दृष्टिविहिन हुनुपर्ने अवस्था समेत आउँछ ।’

धेरै व्यक्तिमा मधुमेह र रक्तचाप हुँदा आँखा परीक्षण गर्नुपर्छ भन्ने चेतना नै नभएको डा शाक्य बताउँछन् ।

‘आफ्नो आँखाको दृष्टि नै बन्द हुनसक्छ भन्ने जानकारी हुने हो भने मानिसहरु समयमा जँचाउन आउथे होला, आफ्नो स्वास्थ्यको चिन्ता सबैलाई हुनुपर्ने हो,’ डा शाक्यले भने, ‘जागरण नभएरै धेरै मानिसहरु अझैपनि उपचारका लागि आएका छैनन् । त्यसैले मधुमेह र उच्च रक्तचापका बिरामीले आँखा जाँच गराउँनु अनिवार्य हुन्छ ।’

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  ३ : २३ बजे

धवलागिरिको प्रशासकीय भवन निर्माण अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिकाको प्रशासकीय भवन निर्माण अन्तिम चरणमा पुगेको

सिमसारकी अप्सरा : जलअप्सरा (तस्बिरहरू)

सुनसरी– हेर्दा आकर्षक, लामो पुच्छर । पानीमा तैरिएका पातहरूमा हिँड्ने

च्यासलमा एमालेको सचिवालय बैठक

काठमाडौँ – नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक पार्टी केन्द्रीय कार्यलयमा

प्रधानमन्त्री राहत कोषमा करिब १५ अर्ब रुपैयाँ संकलन

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग

वसन्तपुरमा इन्द्रजात्राको तयारी

काठमाडौँ– विश्व सम्पादा सूचीमा सूचीकृत ऐतिहासिक वसन्तपुर दरबार क्षेत्रमा इन्द्रजात्राको