बालिकालाई पटक-पटक बलात्कार गरेको आरोपमा एक जना पक्राउ « Khabarhub

बालिकालाई पटक-पटक बलात्कार गरेको आरोपमा एक जना पक्राउ


१ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा– आलिताल गाउँपालिकाकी एक १२ वर्षीया बालिका पटक-पटक बलात्कृत हुनुपरेको घटना बाहिरिएको छ । उपचारका लागि अस्पताल पुगेपछि बालिका बलात्कारको सिकार भएको घट्ना खुल्न आएको हो । 

उपचारका लागि अस्पताल पुगेकी बालिका आफन्त र गाउँकै एक युवाबाट बलात्कृत हुनुपरेको खुलेको प्रहरीले जनाएको छ ।

बालिका आइतबार उपचारका लागि आफन्तसहित पर्शुराम नगरपालिकाको जोगबुडा अस्पताल पुगेकी थिइन् । उपचारमा संलग्न चिकित्सकले बालिकामाथि बलात्कार भएको आशंका गरेपछि प्रहरीलाई खबर गर्दा घटना बाहिरिएको हो । प्रहरीले अनुसन्धान गर्दा बालिका पटकपटक बलात्कारको सिकार भएको रहस्य खुलेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कुसुम नायकले बताए ।

गत वर्ष भदौमा काका नातापर्नेबाट बलात्कृत भएकी बालिका फेरि गएको माघ ६ गते एक स्थानीय युवकबाट पनि बलात्कारमा परेको उनको बयानबाट खुल्न आएको हो । पीडित बालिकाले डर, धम्कीका कारण घटनाबारेमा कसैलाई पनि नभनेको प्रहरीको भनाइ छ । अहिले बालिकालाई आफन्तको सहयोगमा जिल्ला प्रहरी कार्यालय पुर्‍याइएको छ ।

पीडित पक्षको जाहेरीका आधारमा बलात्कार गरेको आरोपमा आलितालका २० वर्षीय पुष्कर थापालाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मुद्दाफाँटका प्रहरी वरिष्ठ नायब निरीक्षक करवीरसिंह ऐरले बताए । 

बालिका वृद्ध हजुरबुवा र हजुरआमासँंग बस्दै आएकी छिन् । ती बालिकाका काका नाता पर्ने व्यक्ति भने अहिले भारतमा छन् । बलात्कारको घटना ढाकछोप गर्न उनी भारत गएको हुनसक्ने प्रहरीको आशंका छ । बालिकाका आमाबाबु कामका सिलसिलामा भारतमा रहेका बताइएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  ४ : २१ बजे

ओलीको दाबी- सरकारको हस्तक्षेपका कारण एन्फा कारबाहीमा परेको हो 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भाद्र २३ र

चिकित्सा शिक्षाको परीक्षा प्रणाली सुधारको माग गर्दै विद्यार्थीको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान (टीयू–आईओएम) अन्तर्गत एमबीबीएस

विदेशी आवासीय अनुमति लिएका ४ कर्मचारीमाथि कारबाही सिफारिस

काठमाडौं – भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

रास्वपाका निर्वाचित केन्द्रीय सदस्य र पदाधिकारीको शपथ बुधबार

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य

भारतीय अवरोध हटेपछि फेरि भारत जान थाल्यो नेपाली चिया

काठमाडौं- झन्डै दुई महिनादेखि भारतीय पक्षको गुणस्तर परीक्षण प्रक्रियाका कारण रोकिएको