चिनियाँ मूलका अस्ट्रेलियन लेखकलाई चीनमा निलम्बित मृत्युदण्डको सजाय « Khabarhub

चिनियाँ मूलका अस्ट्रेलियन लेखकलाई चीनमा निलम्बित मृत्युदण्डको सजाय


२६ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनमा चिनियाँ मूलका अस्ट्रेलियन लेखकलाई निलम्बित मृत्युदण्डको सजाय दिइएको छ । जासुसी गरेको आरोपमा चीनको एउटा अदालतले अस्ट्रेलियन लेखक डा. याङ हेङजुनलाई निलम्बित मृत्युदण्डको सजाय दिएको हो ।

जासुसीको आरोपमा पक्राउ परेको पाँच वर्षपछि उनलाई उक्त सजाय सुनाइएको न्यूयोर्क टाइम्सले जनाएको छ । अस्ट्रेलियन अधिकारीका अनुसार यो सजाय दुई वर्षपछि आजीवन कारावासमा परिणत हुन सक्छ ।

अस्ट्रेलियाले चीनमा आफ्ना नागरिकलाई निलम्बित मृत्युदण्ड दिइएको घटनाबाट स्तब्ध भएको प्रतिक्रिया दिएको छ । याङको सजायलाई लिएर विदेशमन्त्री पेनी वोंगले अस्ट्रेलियाका लागि चिनियाँ राजदूतलाई स्पष्टीकरणका लागि बोलाएकी छिन् ।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले बेइजिङको ऐतिहासिक भ्रमण गरेको तीन महिनापछि डा. याङलाई निलम्बित मृत्युदण्ड सुनाइएको हो ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ९ : ५८ बजे

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका