आजको मौसम : देशभर आंशिक बदली रहने | Khabarhub Khabarhub

आजको मौसम : देशभर आंशिक बदली रहने


२ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहको छ।

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहि सुदुरपश्चिम प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती भने कोशी र मधेस प्रदेश लगायत बागमती प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

कोशी, मधेस र बागमती प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी,  बागमती र  गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई सेवामा प्रभाव पर्न सक्ने भएकाले त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

आज सूर्योदय बिहान ६ बजेर ४२ मिनेट तथा सूर्यास्त साँझ ५ बजेर ५४ मिनेटमा हुनेछ ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ६ : ०५ बजे

तनहुँमा कुटपिटबाट एक जनाको मृत्यु

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको

पूर्वमा ‘जारी २’को प्रि-बुकिङमा चाप

काठमाडौं – कात्तिक २१ बाट प्रदर्शनमा आउन लागेको उपेन्द्र सुब्बा

झलनाथ खनालले आज प्रचण्डलाई भेट्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आज माओवादी

च्याम्पियन्स लिग : लिभरपुलले रियल म्याड्रिडलाई हरायो

काठमाडौं – च्याम्पियन्स लिगमा लिभरपुलले रियल म्याड्रिडलाई हराएको छ। गएराति

करिब ५५ लाख रुपैयाँ बराबरको ‘फ्रोजन फ्रेन्च फ्राइज’ अमेरिका निर्यात

काठमाडौं– भैरहवा भन्सार कार्यालयमार्फत ५४ लाख ८८ हजार एक सय