प्याराडाइज म्यानपारमा विभागको छापा, कामदारसँग १ लाख ३० हजार लिँदै गर्दा रंगेहात फेला | Khabarhub Khabarhub

प्याराडाइज म्यानपारमा विभागको छापा, कामदारसँग १ लाख ३० हजार लिँदै गर्दा रंगेहात फेला


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुरको कुपण्डोलस्थित प्याराडाइज इन्टरनेशनल म्यानपावर कम्पनीमा वैदेशिक रोजगार विभागले छापा मारेको छ । युएई जान लागेका कामदारसँग बढी रकम लिँदै गरेको सूचनाका आधारमा विभागले छापा मार्दा रंगेहात फेला पारेको हो ।

युएईको एक कम्पनीमा क्लिनर कामको लागि जान लागेका कामदारसँग एक लाख ३० हजार रुपैयाँका दरले रकम लिइरहेको सूचना पाएपछि विभागको टोली प्याराडाइजको कार्यालयमा पुगेको थियो ।

अहिले विभागको टोलीले म्यानपावरका कागजात छानविन गरिरहेको छ । छापा मार्ने क्रममा तनहुँका कुमार गुरूङबाट युएई पठाउने भन्दै १ लाख १५ हजार रुपैयाँ लिइसकेको अवस्थामा विभागको टोलीले रंगेहात फेला पारेको हो ।

सरकारले वैदेशिक रोजगारीलाई थप व्यवस्थित गर्न र वैदेशिक रोजगार सम्बन्धी गैरकानुनी कार्य नियन्त्रण गर्नका लागि अनुगमन टोली परिचालन कार्यविधी, २०७६ लागू गरेको छ । यही कार्यविधिअनुसार विभागले पछिल्लो समय अनुमगन तथा छापा हान्ने कार्यलाई तिव्रता दिएको छ ।

विभागले तयार पारेको यो कार्यविधिलाई गत शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले स्वीकृत गरेका थिए । योसँगै विभागले कुनैपनि समय या दिन (शनिवार, विदाको दिन) समेत अनुगमन गर्न सक्नेछ ।

पछिल्लो समय विभिन्न म्यानपावर कम्पनीहरुले शनिबार या विदाको दिन पारेर श्रमिकसँग अत्यधिक पैसा असुल्ने, गैरकानुनी रुपमा अन्तरवार्ता लिने जस्ता कार्य गर्न थालेको गुनासो आएपछि यो कार्यविधी बनाएर लागू गरिएको हो ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  ५ : ५७ बजे

सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ

सिरहा – सिरहाको गोलबजारस्थित बर्धमान अस्पतालमा आज एक सुत्केरीको मृत्यु

युद्धविरामपछि पाकिस्तानी प्रधानमन्त्रीले भने : क्षेत्रीय शान्ति र स्थिरताको पक्षमा छौं

नयाँ दिल्ली – पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफले भारत र पाकिस्तानबीच

पाकिस्तानले युद्धविराम तोडेको भारतको आरोप

काठमाडौं – युद्धविरामको सहमतिपछि पनि पाकिस्तानले आक्रमण जारी राखेको भारतले

बुद्धजयन्ती तथा लुम्बिनी दिवस समारोहको तयारी पूरा

लुम्बिनी – लुम्बिनी विकास कोषले २५६९औंँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस

दुर्घटनामा परी प्रहरी सहायक निरीक्षकको मृत्यु

उदयपुर – पिकअप जिप दुर्घटनामा परी प्रहरी सहायक निरीक्षकको मृत्यु