प्याराडाइज म्यानपारमा विभागको छापा, कामदारसँग १ लाख ३० हजार लिँदै गर्दा रंगेहात फेला « Khabarhub

प्याराडाइज म्यानपारमा विभागको छापा, कामदारसँग १ लाख ३० हजार लिँदै गर्दा रंगेहात फेला


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुरको कुपण्डोलस्थित प्याराडाइज इन्टरनेशनल म्यानपावर कम्पनीमा वैदेशिक रोजगार विभागले छापा मारेको छ । युएई जान लागेका कामदारसँग बढी रकम लिँदै गरेको सूचनाका आधारमा विभागले छापा मार्दा रंगेहात फेला पारेको हो ।

युएईको एक कम्पनीमा क्लिनर कामको लागि जान लागेका कामदारसँग एक लाख ३० हजार रुपैयाँका दरले रकम लिइरहेको सूचना पाएपछि विभागको टोली प्याराडाइजको कार्यालयमा पुगेको थियो ।

अहिले विभागको टोलीले म्यानपावरका कागजात छानविन गरिरहेको छ । छापा मार्ने क्रममा तनहुँका कुमार गुरूङबाट युएई पठाउने भन्दै १ लाख १५ हजार रुपैयाँ लिइसकेको अवस्थामा विभागको टोलीले रंगेहात फेला पारेको हो ।

सरकारले वैदेशिक रोजगारीलाई थप व्यवस्थित गर्न र वैदेशिक रोजगार सम्बन्धी गैरकानुनी कार्य नियन्त्रण गर्नका लागि अनुगमन टोली परिचालन कार्यविधी, २०७६ लागू गरेको छ । यही कार्यविधिअनुसार विभागले पछिल्लो समय अनुमगन तथा छापा हान्ने कार्यलाई तिव्रता दिएको छ ।

विभागले तयार पारेको यो कार्यविधिलाई गत शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले स्वीकृत गरेका थिए । योसँगै विभागले कुनैपनि समय या दिन (शनिवार, विदाको दिन) समेत अनुगमन गर्न सक्नेछ ।

पछिल्लो समय विभिन्न म्यानपावर कम्पनीहरुले शनिबार या विदाको दिन पारेर श्रमिकसँग अत्यधिक पैसा असुल्ने, गैरकानुनी रुपमा अन्तरवार्ता लिने जस्ता कार्य गर्न थालेको गुनासो आएपछि यो कार्यविधी बनाएर लागू गरिएको हो ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  ५ : ५७ बजे

प्रधानमन्त्रीलाई गगनले भने- निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक देखिएन 

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्रीको निजी क्षेत्रप्रतिको दृष्टिकोण

ब्रिक्स शिखर सम्मेलनमा युद्ध र विश्व व्यापार मुख्य एजेन्डा

नयाँदिल्ली- रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ११ सदस्यीय ब्रिक्स शिखर सम्मेलनमा सहभागी

अर्थतन्त्र गतिशील बनाउन पाँच ‘विशेष प्याकेज’ अघि बढाउँदै सरकार

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन पाँचवटा

ब्रिक्स शिखर सम्मेलनका कारण नयाँदिल्लीमा कडा सुरक्षा

नयाँदिल्ली-  ब्रिक्स शिखर सम्मेलनका लागि नयाँदिल्लीमा कडा सुरक्षा व्यवस्था लागू गरिएपछि

रसुवा बाढीपीडित राहत शिविरमा हेल्प डेस्क राख्न निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले रसुवा बाढीबाट