अमेरिकी रक्षामन्त्री अस्टिन उपचारपछि घर फिर्ता | Khabarhub Khabarhub

अमेरिकी रक्षामन्त्री अस्टिन उपचारपछि घर फिर्ता


२ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– अमेरिकी रक्षामन्त्री लोयड अस्टिन मूत्राशयसम्बन्धी समस्याको उपचारका लागि दुई दिनको अस्पताल बसाइपछि मंगलबार अस्पतालबाट घर फिर्ता (डिस्चार्ज) भएको पेन्टागनले जनाएको छ ।

अस्टिनलाई उत्तरी वासिङ्टन डिसीस्थित वाल्टर रिड नेसनल मिलिटरी मेडिकल सेन्टरबाट अपराह्न डिस्चार्ज गरिएको छ। उनले आफ्नो सम्पूर्ण जिम्मेवारी सम्हाल्न पुनः सुरु गरेको पेन्टागनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सन् २०२३ को डिसेम्बरमा अस्टिनले गरेको प्रोस्टेट क्यान्सरको शल्यक्रियासँग मूत्राशयको समस्या सम्बन्धित थियो तर यो उनको क्यान्सर निदानसँग सम्बन्धित थिएन ।

पेन्टागनका प्रेस सेक्रेटरी प्याट राइडर र वाल्टर रीडका अधिकारीहरूले जारी गरेको विज्ञप्तिमा अस्टिनलाई आइतबार दिउँसो वाल्टर रीड लगिएको र त्यस दिन राति नै सघन उपचार कक्षमा भर्ना गरिएको उल्लेख छ ।

अस्पतालमा रहँदा अस्टिनले रक्षामन्त्रीको कार्यालयको काम र कर्तव्य उपरक्षामन्त्री क्याथलीन हिक्सले सम्हालेका थिए ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ४ : १२ बजे

जेनजी आन्दोलनमा तोडफोड र आगजनी थप सात जना पक्राउ

काभ्रेपलाञ्चोक– जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाटमा संलग्न थप

प्रधानमन्त्रीलाई बालेनले दिदी भन्छन्, बिहानै मात्र पनि गरेका थिए फोन

काठमाडौँ– भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि अहिले पूर्वप्रधानन्यायाधीश

सप्तकोशीमा पानीको बहाव बढ्दै, ब्यारेजका १६ ढोका खोलिए

धरान – लगातार दुई दिनदेखिको वर्षाका कारण सप्तकोशी नदीमा जलसतह

विचलित नभई आर्थिक क्रियाकलाप सञ्चालन गर्न व्यवसायीलाई पूर्वअर्थमन्त्री फोरमको आह्वान

काठमाडौं – पूर्वअर्थमन्त्री फोरमले आमनागरिक र व्यवसायीलाई विचलित नभई आर्थिकलगायतका