अमेरिकी रक्षामन्त्री अस्टिन उपचारपछि घर फिर्ता « Khabarhub

अमेरिकी रक्षामन्त्री अस्टिन उपचारपछि घर फिर्ता


२ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– अमेरिकी रक्षामन्त्री लोयड अस्टिन मूत्राशयसम्बन्धी समस्याको उपचारका लागि दुई दिनको अस्पताल बसाइपछि मंगलबार अस्पतालबाट घर फिर्ता (डिस्चार्ज) भएको पेन्टागनले जनाएको छ ।

अस्टिनलाई उत्तरी वासिङ्टन डिसीस्थित वाल्टर रिड नेसनल मिलिटरी मेडिकल सेन्टरबाट अपराह्न डिस्चार्ज गरिएको छ। उनले आफ्नो सम्पूर्ण जिम्मेवारी सम्हाल्न पुनः सुरु गरेको पेन्टागनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सन् २०२३ को डिसेम्बरमा अस्टिनले गरेको प्रोस्टेट क्यान्सरको शल्यक्रियासँग मूत्राशयको समस्या सम्बन्धित थियो तर यो उनको क्यान्सर निदानसँग सम्बन्धित थिएन ।

पेन्टागनका प्रेस सेक्रेटरी प्याट राइडर र वाल्टर रीडका अधिकारीहरूले जारी गरेको विज्ञप्तिमा अस्टिनलाई आइतबार दिउँसो वाल्टर रीड लगिएको र त्यस दिन राति नै सघन उपचार कक्षमा भर्ना गरिएको उल्लेख छ ।

अस्पतालमा रहँदा अस्टिनले रक्षामन्त्रीको कार्यालयको काम र कर्तव्य उपरक्षामन्त्री क्याथलीन हिक्सले सम्हालेका थिए ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ४ : १२ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड’ ?

काठमाडौँ – तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २७ गते शनिबार सन् २०२६

आज २०८३ साल भदौ २७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २७ गते शनिबार सन् २०२६

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन