आजको मौसम : पाँच प्रदेशमा वर्षाको सम्भावना | Khabarhub Khabarhub

आजको मौसम : पाँच प्रदेशमा वर्षाको सम्भावना


३ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहको छ।

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहि सुदुरपश्चिम प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राती भने कोशी र मधेस प्रदेश लगायत  बागमती प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

कोशी, मधेस र बागमती प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी,  बागमती र  गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकाले त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार  ६ : १३ बजे

सरोकारवालाको छलफल : जेन-जी आन्दोलन अब कता ?

काठमाडौं– जेन-जी आन्दोलनपश्चात् देशमा पैदा भएको परिस्थितिको विषयमा व्यवसायी, जेन-जी

जब ठूलो पर्दामा आफूलाई देखेपछि टंकको अङ्गालोमा भक्कानिए अशोक !

काठमाडौं – बाल गायक अशोक दर्जीको जीवनीबाट प्रभावित कथामा गायक

मेची राजमार्गमा रातको समयमा सवारी सञ्चालनमा रोक

इलाम– मेची राजमार्गमा रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ

भूमि आयोग खारेज गर्ने सरकारको निर्णयविरूद्ध सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं– गत असोज २३ को मन्त्रिपरिषद बैठकबाट भूमि समस्या समाधान