विश्वको वर्तमान समस्या दक्षिणको मौलिक ज्ञानले समाधान गर्छ : प्रधानमन्त्री  « Khabarhub

विश्वको वर्तमान समस्या दक्षिणको मौलिक ज्ञानले समाधान गर्छ : प्रधानमन्त्री 


३ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दक्षिणमा रहेको मौलिक ज्ञान प्रणालीमा स्थापित बौद्धिक सम्पदाले विश्वव्यापीरुपमा देखिएका वर्तमान समस्या समाधान गर्ने बताएका छन्  ।

भारतीय विश्वविद्यालय सङ्घ(एआइयु)–उत्तर क्षेत्रका उपकुलपतिहरूको बैठक एवं नेपाल–भारत उच्च शिक्षा शिखर सम्मेलनको उद्घाटन समारोहलाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले चिकित्सा शिक्षा, जीवन शैली र शान्ति स्थापनाजस्ता विषयमा दक्षिणको मौलिक बौद्धिक सम्पदाले विश्वलाई सहयोग गर्ने विश्वास व्यक्त गरे ।

दक्षिणमा रहेका ज्ञानका स्रोतहरू विश्वव्यापी व्यवस्थामा योगदान पुर्‍याउनका लागि बैठक एवं सम्मेलन प्रस्थान विन्दु हुने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले विश्वव्यापी दक्षिणका लागि उच्च शिक्षा घोषणापत्र तयार गर्न महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे ।

‘हामीले आर्थिक मापदण्डका आधारमा दक्षिण र उत्तरबीच विभाजनलाई टाढा राख्नुपर्छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘बरु, साझा आधारहरू खोजेर दक्षिण र उत्तरलाई जोड्ने तरिकाहरू खोज्नुपर्छ ।’

उनले उत्तर–दक्षिण जोड्ने घोषणापत्र लेख्न नेपालबाट काठमाडौं विश्वविद्यालयले अगुवाइ गरिरहेको भन्दै यस्ता बौद्धिक कार्यले विश्वलाई नै सहयोग पुग्ने बताए ।

आफ्नो ३२ वर्षको इतिहासमा, काठमाडौं विश्वविद्यालयले अन्तर्राष्ट्रियकरण र शैक्षिक कार्यक्रमहरूको विस्तारमा सराहनीय प्रयास गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले पाँच हजारभन्दा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई स्नातक गराएकोप्रति खुसी व्यक्त गरे ।

विश्वविद्यालयको यसखाले पहलहरूले नेपालको शैक्षिक प्रस्तावहरूलाई मात्र नभएर अन्तर–सांस्कृतिक बुझाइ र सहकार्यलाई पनि बढवा दिएको उनले उल्लेख गरे ।

 प्रधानमन्त्री प्रचण्डले आगामी शैक्षिक वर्षमा विश्वेश्वर योग अनुसन्धान संस्थानसँगको साझेदारीमा भारतको तिरुपतिमा प्रदान गरिएको योग विज्ञान र कल्याणमा स्नातक कार्यक्रमको साथमा काठमाडौं विश्वविद्यालयले विदेशमा आफ्नो शैक्षिक कार्यक्रमहरू विस्तार गरेकोमा बधाई दिए  ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार  १२ : ०३ बजे

युद्धविराम तोड्दै इरानमाथि अमेरिकी बमबारी, तेलको भाउमा उछाल

तेहरान- अमेरिकी सेनाले बिहीबार होर्मुज स्ट्रेट नजिक इरानी सैन्य अखडामाथि

‘मानवतामा एकता’ नाराका साथ विश्व रेडक्रस दिवस मनाइँदै

काठमाडौं–  ‘मानवतामा एकताबद्ध’ भन्ने नाराका साथ आज विश्व रेडक्रस तथा

सुनचाँदीको मूल्य आज पनि बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– बिहीबारको तुलनामा स्थानीय बजारमा आज पनि सुनचाँदीको भाउ बढेको

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौं– चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च अदालत

पर्यटकको नयाँ गन्तव्य बन्दै ‘भच्चेक’ (तस्बिरहरू)

काठमाडौं– राजधानीको कोलाहलपूर्ण वातावरणबाट केही समय टाढा शान्त प्राकृतिक सौन्दर्य