१० लाख घरेलु ग्राहकले पाए निःशुल्क बिजुली | Khabarhub Khabarhub

१० लाख घरेलु ग्राहकले पाए निःशुल्क बिजुली

राज्यलाई पौने अर्ब दायित्व थप


४ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले करिब १० लाख ग्राहकवर्गमा निःशुल्क बिजुली प्रदान गरेको जनाएको छ । मासिक रूपमा २० युनिटभन्दा कम विद्युत् खपत गर्ने घरेलु ग्राहकलाई सरकारले निःशुल्क रूपमा बिजुली प्रदान गरेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जानकारी दिएको हो ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार मासिक २० युनिटसम्म बिजुली खपत गर्ने विपन्न ग्राहकवर्गले बिजुली निःशुल्क पाएका हुन् । घरेलु, औद्योगिक र सबैखाले गरी प्राधिकरणका ५६ लाखभन्दा बढी ग्राहक छन् ।

ती मध्ये विपन्न र कम बिजुली खपत गर्ने १० लाख घरेलु ग्राहकले निःशुल्क बिजुली उपभोग गरिरहेका प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिए ।

मासिक २० युनिटभन्दा कम खपत गर्ने ग्राहकले निःशुल्क बिजुली उपभोग गरेका हुन् । पाँच एम्पियर क्षमताको मिटर जडान गरेका विपन्न ग्राहकलाई सरकारले निःशुल्क बिजुली दिइरहेको छ । प्रतियुनिट औसत तीन रुपैयाँका दरले २० युनिट बिजुलीको मासिक बिजुली महसुल ६० रुपैयाँ हुन आउँछ ।

त्यस आधारमा हिसाब गर्दा घरेलु ग्राहकले निःशुल्क बिजुली बाल्दा वार्षिक झन्डै पौने अर्ब रुपैयाँ दायित्व थपिएको घोषले बताए । १० लाख ग्राहकले मासिक ६ करोड रुपैयाँभन्दा बढीको बिजुली निःशुल्क पाएका हुन् ।

प्राधिकरणले गाउँ–गाउँका विपन्न र कमजोर आय भएका ग्राहकलाई निःशुल्क बिजुली उपलब्ध गराएको छ । त्यस्तै, सिँचाइका ग्राहकले पनि प्रतियुनिट दुई रुपैयाँका दरले बिजुली उपभोग गरिरहेका छन् ।

खानेपानी लिफ्ट सिँचाइका लागि प्रतियुनिट ५ रुपैयाँ र चार्जिङ स्टेशनमार्फत रातको समयमा गाडी चार्ज गर्दा प्रतियुनिट साढे ५ रुपैयाँमै बिजुली उपलब्ध गराइएको घोषले बताए ।

त्यस्तै, उद्योग तथा कलकारखानालाई पनि रातको बिजुली सहुलियत दरमा बिजुली उपलब्ध गराएको प्राधिकरणले जनाएको छ । रातको समयमा उद्योगका लागि प्रतियुनिट ४ रुपैयाँ ७५ पैसामा बिजुली उपलब्ध गराइएको घोषले जानकारी दिए ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ६ : ३२ बजे

नेपालमा अपार सम्भावना छ, विदेश जानुपर्दैन : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले युवा तथा

प्रतिपक्षीको विरोधपछि मधेस प्रदेशसभा अवरुद्ध

जनकपुर– मधेस प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दलको विरोधका कारण अवरुद्ध

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक