मुलुक समृद्धि बनाउन राष्ट्रिय सहमति आवस्यक : सभामुख घिमिरे « Khabarhub

मुलुक समृद्धि बनाउन राष्ट्रिय सहमति आवस्यक : सभामुख घिमिरे


३ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मुलुकलाई समृद्धिको दिशातर्फ अघि बढाउन राष्ट्रिय सहमति हुनुपर्ने बताएका छन् ।

बिहीबार विराटनगर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै सभामुख घिमिरेले व्यवस्था प्रति बढेको वितृष्णा अन्त्य गर्न, राष्ट्र निर्माण र आर्थिक समृद्धिका लागि राजनैतिक दलहरूबीच छलफल र सहकार्य हुनुपर्ने बताएका हुन् ।

उनले केहीको चाहनाका आधारमा व्यवस्था नै परिवर्तन हुने स्थिति नभएको र जनतामा देखिएको निराशा अन्त्यका लागि राजनीतिक दलहरू र नागरिकहरू एकताबद्ध हुनुपर्ने बताए ।

सभामुख घिमिरेले भर्खरै सुरु भएको संसद्को हिउँदे अधिवेशनलाई विगतको अनुभवका आधारमा गतिशील बनाएर लैजानुपर्ने धारणा राखे ।

उनले सरकारले चालू अधिवेशनमा सरकारले करिब ६१ वटा विधेयकहरू ल्याउने तयारी गरेकाले यस पटक धेरै कानून निर्माण हुन सक्ने जिकिर गरे।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार  १ : ०४ बजे

निर्वाचनको विकल्प छैन : सभापति लामिछाने

नारायणगढ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

चिसोले इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको मृत्यु

एजेन्सी– अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन

सामुदायिक रेडियो नै समुदायको आवाज हो : मुख्यमन्त्री बानियाँ

चितवन– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सामुदायिक रेडियोहरू समुदाय केन्द्रित

दोस्रो महानगरस्तरीय बडीबिल्डिङ च्याम्पियनसिप जेठ २९ र ३० मा

काठमाडौं– काठमाडौँ महानगरपालिकाको वडा नम्बर २२ को आयोजनामा आउँदो वर्ष