रसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ  « Khabarhub

रसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ 


३ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


699
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको ध्वाँसे फूलबारी घर भई काठमाडौंकाे स्वयम्भू बस्ने ३० वर्षीय मिलन तामाङ रहेका छन् ।

तामाङले गणेश बि.सी समेत दुई जनालाई वैदेशिक रोजगारीको लागि रसिया पठाइदिन्छु, त्यसको लागि प्रतिव्यक्ति पाँच लाख रुपैयाँ लाग्छ र रसिया पुगेपछि कन्ट्रक्सनमा लेबर काम लगाइदिन्छु जहाँ मासिक १ लाख रुपैयाँ तलब हुन्छ भनी प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी १ लाख ६५ हजार रुपैयाँ लिई ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनको खोजतलास गर्ने क्रममा बुधबार  सामाखुसीबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार  ४ : ४७ बजे

रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्दै रायो

बालिका बलात्कार र हत्या आरोपित किशोरको बयानको भिडियो भाइरल : प्रहरीले थाल्यो छानबिन

काठमाडौँ – बारामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको जघन्य

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

बागमती– मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित मकवानपुरगढी दरबार तत्कालीन

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

चितवन– चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको उपकुलपति, ‘रजिष्ट्रार’

पर्यटन प्रवर्द्धन गर्न सातबुँदे घोषणापत्र जारी

बाँके– पर्यटन व्यवसायीले नेपालगन्ज–पोखरा, नेपालगन्ज–जनकपुरलगायत सम्भावित नयाँ हवाई गन्तव्यलाई जोडेर