एन्फा मैदानमा ठाउँ नपुग्दा यु–१८ टोलीको अभ्यास जावलाखेलमा « Khabarhub

एन्फा मैदानमा ठाउँ नपुग्दा यु–१८ टोलीको अभ्यास जावलाखेलमा


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यु–१८ साफ च्याम्पियनसिप फुटबल लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार नेपाली युवा टोली अभ्यास शुरु गरेको छ ।

आइतबारदेखि शुरु भएको अभ्यास खेल मैदान अभावका कारण जावलाखेल युथ क्लबको फुटबल मैदानमा थालिएको हो । एन्फामा जारी यु–१६ टोलीको अभ्यास समापन भएपछि एन्फा मैदानमा यु–१८ टोलीले अभ्यास शुरु गर्नेछ ।

सातदोबाटोस्थित एन्फा मैदान बिहानदेखि बेलुकासम्म खेलाडीहरुको प्रशिक्षण्मा व्यस्त हुनेभएपछि यु–१८ टोलीले जावलाखेलमा अभ्यास गर्न लागेको मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठले बताए ।

टिमको सहायक प्रशिक्षकमा सनोज श्रेष्ठ रहेका छन् भने गोलरक्षक प्रशिक्षकमा छन्नुराम चौधरी रहेका छन् । श्रेष्ठले अहिले घरेलु मैदानमै सेप्टेम्बर २०–२९ सम्म आयोजना हुने प्रतियोगिताका लागि ४६ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् ।

उनले सिनियर टोलीको अभ्यासमा व्यस्त रहेका नितिन थापा लगायतका खेलाडीलाई पनि यु–१८ का लागि अभ्यासमा बोलाएका छन् ।

बन्द प्रशिक्षणमा बोलाइएका खेलाडी

गोलकिपर:

विशाल सुनार, रोहित कार्की, शुर्य अधिकारी, पुजन होना, निशान खड्का, आकाश रानाभाट ।

डिफेन्डरः

विशाल बस्नेत, रन्दिप पौडेल, पदम भट्टराई, असिम गुरुङ, सुजन शर्मा, नविन गुरुङ, रोशन दोङ, युबेश थापा, विशान्त बस्नेत, अलिक रुम्बा, अन्जन महर्जन, राजु पण्डित, विशाल शाही ।

मिडफिल्डरः

शिशिर लेखी, दिपेश गुरुङ, रोशन रानामगर, राजन पुन, आकाश बुढामगर, रेजिन माझि, सञ्जिव लामा, जय गुरुङ, मनिश थापा, कुशल फुयाल, अदित गुरुङ, श्यामु मर्मु, सन्जु श्रेष्ठ, नितिन थापा, सम्राट सुनुवार, रोहन कार्की र मौसम सुब्बा

फर्वाडः

ब्रिजेश चौधरी, सच्चु गुरुङ, निरज चौधरी, कैलाश लामिछाने, कार्लोस बखरीया, दर्शन गुरुङ, अभिशेक श्रेष्ठ, सन्जु सेन, क्रितिस रत्न छन्जु, मनिश डाँगी

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  ७ : ४९ बजे

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–१४ राधापुर नहरमा गए राति मोटरसाइकल खसेर

कास्कीमा निर्वाचन प्रहरीको तालिम आइतबारदेखि

कास्की– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरीको तालिम

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली– नेपाल विद्युत प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण

जुम्लाको हिँयाखोलामा टेलिफोन ‘नेटवर्क’ मा समस्या

जुम्ला– जुम्लाको तातोपानी गाउँपालिका–६ स्थित हियाँखोला गाउँमा नेपाल टेलिकमको नेटवर्कले

पौवादुङमाका किसान बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाका किसान बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित हुन