सम्पन्न हुन बाँकी आयोजना प्राथमिकतामा राख्न मन्त्री मगरको निर्देशन « Khabarhub

सम्पन्न हुन बाँकी आयोजना प्राथमिकतामा राख्न मन्त्री मगरको निर्देशन


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–खानेपानी मन्त्री बिना मगरले बजेट अभावका कारण वर्षौंदेखि सम्पन्न हुन बाँकी रहेका आयोजनाहरुलाई पहिलो प्राथमिकता राख्न निर्देशन दिएकी छिन् ।

खानेपानी तथा ढल व्यवस्थापन विभागको आर्थिक वर्ष २०७५र०७६ को वार्षिक प्रगति समिक्षा बैठकको समापन गर्दै मन्त्री मगरले सम्पन्न हुन बाँकी रहेका आयोजनाहरुलाई प्राथमिकतामा राख्न निर्देशन दिएकी हुन् । उनले कतिपय आयोजनाहरु पैसाका कारण रोकिएकाले जनता लाभान्वित हुन नसकेको बताइन् ।

‘हामीले कति भौतिक या वित्तीय प्रगति गर्‍यौ भन्दा पनि जनताले खानेपानीको सेवा कति पाए त्यो महत्त्वपूर्ण कुरा हो । खानेपानीमा जनताको पहुँच सुनिश्चित गर्नु हाम्रो मुख्य उपलब्धि हो ।’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले भनिन् ‘पहिला सडकको आवश्यकता धेरै खोजिन्थ्यो तर अब खानेपानीको आवश्यकता सबैलाई परेको छ । त्यसैले राष्ट्रव्यापी रूपमा खानेपानी मन्त्रालयको महत्त्व बढिरहेको छ ।’

मन्त्री मगरले आगामी आर्थिक वर्षदेखि देशै भरीको खानेपानी र सरसफाइको विस्तृत गुरुयोजना तयार पार्न विभागीय प्रमुखहरुलाई निर्देशन दिइन् । मन्त्रालयका सचिव दिपेन्द्रनाथ शर्माले गत वर्ष संक्रमणको अवस्था भएकाले चालू आर्थिक वर्षको अन्त्य सम्ममा उल्लेख्य प्रगति हासिल गर्न योजना प्रमुखहरुलाई निर्देशन दिएका थिए ।

कार्यक्रममा मन्त्रालयका सहसचिव तेजराज भट्टले ग्रामीण र नगरस्तरीय खानेपानीका आयोजनाहरुमा लगानी गर्न विश्व बैंकलाई प्रस्ताव गरिएको जानकारी दिए । उनले शत प्रतिशत जनतालाई आधारभूत स्तरको खानेपानी सेवा पुर्‍याउन चुनौती रहेकाले खानेपानीको क्षेत्रमा विश्व बैंक र एडीबी जस्ता दातृ निकायहरुलाई लगानी गर्न आग्रह गरिएको प्रष्ट पारे ।

विभागले गत आर्थिक वर्षमा १ सय ६ वटा आयोजना सम्पन्न गरेको र ३ लाख ६२ हजार जनसंख्या लाभान्वित भएको उप महानिर्देशक रमाकान्त दवाडीले जानकारी दिए ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  ८ : ५५ बजे

बैंकिङ कसुर र वैदेशिक रोजगार ठगी : फरार दुई व्यक्ति पक्राउ

काठमाडौं – नेपाल प्रहरीले आज दुई छुट्टाछुट्टै ठाउँबाट वैदेशिक रोजगार

सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको सुरुङ छिचोलियो

सङ्खुवासभा – सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा निमार्णाधीन सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति पौडेल

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

बुढासुब्बा गोल्डकपको सम्पूर्ण तयारी पूरा

सुनसरी – धरानमा आयोजना हुन लागेको २६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण

प्रादेशिक अस्पताल सिरहाका दुई पूर्वप्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सिरहा – प्रादेशिक अस्पताल सिरहामा बिरामीबाट सङ्कलन भएको रकममध्ये रु