दोलखाको वैतेश्वर र मेलुङका दुई घरमा आगलागी हुँदा २५ लाख बराबरको क्षति | Khabarhub Khabarhub

दोलखाको वैतेश्वर र मेलुङका दुई घरमा आगलागी हुँदा २५ लाख बराबरको क्षति


४ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

दोलखा- दोलखाको वैतेश्वर गाउँपालिका वडा नम्बर ४ र मेलुङ गाउँपालिका ७ मा आगलागी हुँदा २ घर जलेर नष्ट भएका छन् । वैतेश्वर ४को लामास्वाँरा निवासी रवीचन्द्र दहालको भूकम्प पछि निर्माण गरिएको दुई कोठाको घरमा आगलागी हुँदा १५ लाख बराबरको क्षति भएको अनुमान गरिएको वडा नम्बर ४ का वडाध्यक्ष कुमार चौलागाईंले जानकारी दिए ।

गएराति भान्सा कोठाबाट सुरु भएको आगोले सिङ्गो घर जलेर नष्ट भएको वडाध्यक्ष चौलागाईंले जानकारी दिए । ईलाका प्रहरी कार्यालय मैनापोखरीको टोलीले स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो । आगलागी पीडित दाहाललाई आपतकालीन राहतस्वरूप वडाध्यक्ष चौलागाईंले नगद १० हजार व्यक्तिगत सहयोग गरेको पीडित दाहालले बताए ।

यसैबीच, शुक्रबार दिउँसो जिल्लाको मेलुङ गाउँपालिका ७ जिम्बलटोल निवासी भीमबहादुर खड्काको घरमा पनि आगलागी हुँदा घर पुर्ण रुपले जलेर नष्ट भएको छ । शुक्रबार दिउँसो करिब साढे ४ बजेको समयमा घरनजिकै रहेको परालको कुन्यूँबाट सल्केको आगोले नजिकै रहेको घर र गोठ जलेर नष्ट हुँदा करिब ११ लाख ७५ हजार बराबरको धनमाल जलेर नष्ट भएको मेलुङ प्रहरी चौकीले जनाएको छ ।

प्रहरीले रीले स्थानीयको सहयोगमा करिब एक घण्टा पछि आगो नियन्त्रणमा लिएको थियो । आगलागीको कारण घरभित्र रहेको सम्पूर्ण लत्ताकपडा,भाँडाकुडा र अन्नपात पुर्ण रूपमा जलेर नष्ट हुँदा ११ लाख ७५ हजारबराबरको क्षति भएको अनुमान गरिएको छ ।

-सुवास बस्नेत

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ६ : ५५ बजे

आमिरको पक्षमा सेन्सर बोर्डकाे निर्णय, ‘सितारे जमिन पर’ले पायो प्रदर्शन अनुमति

काठमाडौं – बलिउड नायक आमिर खानको फिल्म ‘सितारे जमिन पर’ले

देशभर वर्षाको सम्भावना, केही भूभागमा ठूलो पानी पर्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिकाले आक्रमण सुरु गरे इरान वार्ताका लागि बाध्य हुन्छ: ट्रम्प

वाशिङ्टन – इरान र इजराय युद्धमा अमेरिकी सहभागिताका विषयमा राष्ट्रपति

टी-२० सिरिज- आज नेपालको भिडन्त नेदरल्यान्ड्ससँग

काठमाडौं – नेपालले आज त्रिकोणात्मक टी-२० सिरिजमा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ।

नारायणगढ-बुटवल सडक अवरुद्ध : वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

नवलपु – लगातारको वर्षाका कारण आएको बाढी र पहिरोले पूर्व-पश्चिम