मोदीले यूएईमा गरे हिन्दू मन्दिरको उद्घाटन « Khabarhub

मोदीले यूएईमा गरे हिन्दू मन्दिरको उद्घाटन


३ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

दुबई- मध्यपूर्वमा सबैभन्दा ठूलो हिन्दू मन्दिरको उद्घाटन गर्न र लगानी तथा व्यापार सम्बन्ध बढाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त अरब इमिरेट्सको भ्रमण गरेका छन् ।

मोदीको दुई दिने भ्रमणका क्रममा मध्यपूर्वकै सबैभन्दा ठूलो हिन्दू मन्दिरको उद्घाटन पनि गरेका छन् । प्रधानमन्त्री मोदीले अबुधाबीमा रहेको बोचासनवासी अक्षर पुरुषोत्तम स्वामीनारायण संस्था बिएपिएस मन्दिरको उद्घाटन गरेका हुन् ।

यो मन्दिर करिब २७ एकड जमिनमा ७ सय करोड भारुको लागतमा निर्माण गरिएको हो । भारतीय विदेश मन्त्रालयका अनुसार भ्रमणका क्रममा मोदीले यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाहयानसँग पनि भेटवार्ता गरेका छन् ।

भेटवार्ताका क्रममा दुई नेताहरुबीच भारत–मध्यपूर्व–युरोप आर्थिक करिडोरमा ‘अन्तरसरकारी ढाँचा सम्झौता’ मा पनि हस्ताक्षर भएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार  ९ : ५५ बजे

इन्डोनेसियाको राष्ट्रिय निकुञ्जमा आठ दिनदेखि डढेलो जारी

सुराबाया – जाभा टापुको एउटा राष्ट्रिय निकुञ्जमा विनाशकारी डढेलोले ५००

जेल पुगेका जेन-जी नेता सोडारीलाई राहत, १ लाख धरौटी तोक्ने जिल्लाको निर्णय बदर

काठमाडौं- सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरणको रिटमा पक्राउ परेका निवेदकहरूबाट जनही १

झारखण्डको राँचीमा प्रदर्शनकारी विद्यार्थी र प्रहरीबीच ठाउँठाउँमा झडप

काठमाडौं- भारत झारखण्ड राज्यको राजधानी राँचीमा सरकारी सेवाको भर्ना परीक्षामा

साउनको अन्तिम सोमबार : गोदान, पूर्णपात्र गरी साउने व्रत समापन

काठमाडौं– सौरमास अनुसार साउनको पहिलो सोमबारदेखि देवादिदेव महादेवको पूजाआराधना गरी