रेखाको उपहारलाई सांसद सुनिल शर्माको साथ « Khabarhub

रेखाको उपहारलाई सांसद सुनिल शर्माको साथ


५ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद सुनील शर्माले फिल्म ‘उपहार’ले नेपाली फिल्मको उचाई अझ माथि पुर्‍याउने बताएका छन् ।

शुक्रबार सार्वजनिक भएको हेरेपछि उनले सामाजिक सञ्जाल फेसबुकमा ट्रेलर शेयर गर्दै स्टाटस लेखेका छन् । नेपाली सिने जगतकी सुपरस्टार चर्चित अभिनेत्री महिला नेतृ बहिनी रेखा थापा टिमको फागुन २५ गते शिवरात्रीको दिन चलचित्र ‘उपहार’ प्रदर्शनमा आउदैछ ।

उनले अभिनेत्री रेखा थापालाई नेतृत्वदायी भूमिका निभाउन सक्ने, हक्की, निडर र महिला दिदीबहिनीहरूको पीर भावना बुझ्न सक्ने क्षमतावान नारीका रुपमा आफूले चिनेको उल्लेख गरेका छन् । 

‘रेखा म निर्वाचित मोरङ क्षेत्र नम्बर ३ को विराटचोक निवासी चेली पनि हुन् । उनी नेतृत्वदायी भूमिका निभाउन सक्ने, हक्की, निडर र महिला दिदीबहिनीहरुको पिर भावना बुझ्न सक्ने क्षमतावान नारी हुन् । बहिनीलाई मेरो साथ सहयोग र शुभेच्छा सँधै रहने छ । सहकार्य रहने छ । बहिनी रेखा तथा सिंगो उपहार टिमलाई बधाई तथा शुभकामना,’ उनले लेखेका छन् ।

ज्ञानेन्द्र देउजा निर्देशित फिल्मको ट्रेलर शुक्रबार सार्वजनिक ट्रेलरमा काठमाडौं महानगरपालिकाले सर्वसाधारणको घर भत्काएपछि उत्पन्न परिस्थितिलाई चित्रण गरिएको छ । खास गरी बाटोमा व्यापार गर्ने सर्वसाधारणको व्यापारलाई नगर प्रहरीले उठाएर लगेपछिको तनावलाई पनि ट्रेलरमा स्थान दिइएको छ । 

अभिनेत्री रेखा थापालाई चिया बेच्ने महिलाको रुपमा प्रस्तुत गरिएको ट्रेलरमा अभिनेता मुकुन भुषाललाई ट्याक्सी ड्राइभरका रुपमा देखाइएको छ । ट्रेलरका अधिकांश दृश्यमा कमेडीलाई स्थान दिइएको छ । 

फिल्ममा रेखा थापा, पुजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्यायलगायतको पनि अभिनय छ । 

बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतीक र समीक्षा देउजा हुन् । 

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  १ : २५ बजे

कृषि क्षेत्रको ४४.६ प्रतिशतमा पुग्यो सिँचाइ

काठमाडौं– नेपालको कृषियोग्य भूमिको ४४.६ प्रतिशत हिस्सामा सिँचाइ सुविधा पुगेको

नेपालको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन पन्ध्र सय १३ डलर पुग्ने

काठमाडौं– चालु आर्थिक वर्षमा नेपालको प्रतिव्यक्ति व्यक्ति कुल गार्हस्थ्य उत्पादन

नेपाली चिया निर्यातमा भारतको अवरोध, कृषिमन्त्री भन्छिन्, ‘दीर्घकालीन समाधानका उपाय खोज्दैछौँ’

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले चिया निर्यातमा

नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने

काठमाडौं– चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने

यस्तो छ आर्थिक सर्वेक्षण ०८२-८३ को प्रतिवेदन

काठमाडौं– सरकारले आर्थिक वर्ष ०८२-८३ को आर्थिक सर्वेक्षण सार्वजनिक गरेको