शिक्षा-स्वास्थ्य क्षेत्रलाई दलीय राजनीतिबाट मुक्त गर्नुपर्छ : मुख्यमन्त्री यादव « Khabarhub

शिक्षा-स्वास्थ्य क्षेत्रलाई दलीय राजनीतिबाट मुक्त गर्नुपर्छ : मुख्यमन्त्री यादव


५ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– मुख्यमन्त्री सरोजकुमार यादवले विकास-निर्माण, शिक्षा र स्वास्थ्य क्षेत्रलाई दलीय राजनीतिबाट मुक्त गर्नुपर्नेमा जोड दिएका छन् । 

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको आज जनकपुरधाममा आयोजित तेस्रो वार्षिक समारोहमा मुख्यमन्त्री यादवले शिक्षा, स्वास्थ्यजस्ता विकासका आधारभूत संरचनामा दलीय राजनीति अनुपयुक्त हुने भन्दै विकास–निर्माणका कामका लागि बजेटको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे । यसअघि प्रदेशमा बजेटको सकसबारे उठेको प्रश्नको जवाफमा उनले प्रतिष्ठान सञ्चालनका लागि चाहिने रकममा कन्जुस्याइँ नगरिदिन आग्रह गरे।

सामान्य उपचारका लागि काठमाडौँ, धरान, चितवन जानुपर्ने बाध्यता अन्त्य गर्न र गुणस्तरीय सेवा प्रवाह गर्न चिकित्सकहरूलाई अनुरोध गर्दै मुख्यमन्त्री यादवले बजेट पुगेन भनेर माग उठाइरहनुभन्दा उपलब्ध स्रोत र साधनको समुचित उपयोग गर्नुपर्ने बताए। 

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यही महिनाभित्रमा उपकुलपति नियुक्त गरिने उनले जानकारी दिए। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री एवं सहकुलपति वीरेन्द्रप्रसाद सिंहले प्रतिष्ठानलाई अध्ययन-अध्यापनको गौरवमय संस्था बनाउने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिष्ठानका रेक्टर प्रा.डा अङ्कुर साहको अध्यक्षतामा भएको समारोहमा रजिष्ट्रार प्रा.डा विनोद यादवले प्रतिष्ठानको प्रगति र भावी कार्यदिशाबारे प्रकाश पारेका थिए ।

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  ४ : २६ बजे

कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ

महेन्द्रनगर – भारतसँग खुला सीमाना जोडिएको कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

कास्की – पोखरा महानगरपालिका–३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

दुई दिन मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन अपिल

काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी

ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार

बागमती – बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौँडा

चट्याङ लागेर एक महिलाको मृत्यु

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको